scheduleशुक्रवार चैत्र २१ गते, २०७६

१०३ वर्षको उमेरमा ३७ वर्षीय महिलासँग विहे, चर्चामा दाइजो

एजेन्सी, २४ फागुन । इन्डोनेसियामा आफूभन्दा ६६ वर्ष कान्छी महिलासँग विवाह गरेका एक वृद्ध यतिबेला चर्चामा छन् ।

इन्डोनेसियाका १०३ वर्षीय एक वृद्धले ३७ वर्षीया महिलासँग विवाह गरेपछि चर्चामा आएका हुन् । हाल १०३ वर्ष पुगेका पुआङ्ग कट्टेले ३७ वर्षीया इन्डो अलङ्गसँग विवाह गरेका छन् ।

Dish_Home

फेसबुक तथा सामाजिक सञ्जालमा विवाहको तस्बिर भाइरल बनेपछि मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कट्टे र अलङ्गबीच मागी विवाह भएको हो । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त विवाहको विरोध गरिरहेका छन् ।

इन्डोनेसियाका स्थानीय समाचार माध्यम अनुसार कट्टे पूर्ण कर्नेल हुन् । उनले सन् १९४५-१९४९ को युद्ध लडेका थिए । उनीसँग विवाह गरेकी अलङ्गका एक नातेदारले कट्टेको वास्तविक उमेर थाहा नभएको बताएका छ्न् ।

विवाहपछि ट्रिब्युन न्युजले कट्टे र अलङ्गको वास्तविक उमेर बाहिर ल्याएको थियो । दुबैजनाको उमेर अन्तरबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

त्यस्तै कट्टेले माइती पक्षलाई दिएको दाइजोबारे पनि उत्तिकै चर्चा भइरहेको छ । समाचार अनुसार कट्टेले सामान्य दाइजो दिएर अलङ्गसँग विहे गरेका हुन् । दाइजो प्रथाका कारण दुबैजनाबीच विवाह भएको पनि कतिपयको बुझाइ छ ।

हाल नवविवाहित जोडी साउथ सुलावेसीस्थित कट्टेको घरमा एकसाथ बसिरहेका छन् ।

यसअघि पनि बर र बधुको उमेर अन्तर निकै धेरै भएका विवाहबारे चर्चा भएको थियो । ओडिटी सेन्ट्रलका अनुसार सन् २०१७ मा ७६ वर्षीय एक वृद्धाले १६ वर्षीय किशोरसँग विवाह गरेकी थिइन् ।

त्यस्तै इहरारेका अनुसार सन् २०१६ मा जिम्बाब्वेका ७० वर्षीय राजनीतिज्ञ तथा पूर्वमन्त्री केन मथेमाले २३ वर्षीय युवतीसँग विहे गरेका थिए । मथेमाले बथाबेत्सो नारेसँग विवाह गरेका थिए । यसअघि पनि उनले २० वर्षीय युवतीसँग विहे गर्न भन्दै पहिलाकी श्रीमतिलाई छोडेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय