scheduleमगलवार चैत्र २५ गते, २०७६

नेपालबाट अष्ट्रेलिया फर्किएका नेपाली विद्यार्थीमा कोरोना संक्रमण


अस्ट्रेलिया, २५ फागुन । अष्ट्रेलियामा रहेका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । उनी करिब दुई साताअघि नेपालबाट बिदा मनाएर
अष्ट्रेलिया फर्किएका थिए । करिब २० वर्ष उमेर भएका ती विद्यार्थीलाई हाल आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अस्ट्रेलियाको स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार उनी नेपालबाट बिदा मनाएर फर्किएको जानकारी दिए पनि परिचय भने खुलाएको छैन । उनी गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका थिए ।

अष्ट्रेलिया आउनेक्रममा उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट आइपुगेका थिए । उनलाई सेल्फ आइसोलेसनमा बस्न भनिए पनि उक्त आग्रह नमानेको बताइएको छ ।

Dish_Home

शुक्रबार उपचारका लागि अस्पताल पुगेका उनलाई जाँचको नतिजा नआउन्जेल काममा नजान आग्रह गरिएको थियो । तर चिकित्सकको सल्लाहलाई नमान्दै उनी काममा गएका थिए । हाल उनलाई रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको तास्मानिया सरकारको स्वास्थ्य विभागले उल्लेख गरेको छ । ग्राण्ड चान्सलर होटलमा काम गर्ने ती नेपाली विद्यार्थीको कसैसँग नजिक भए नभएको बारेमा बुझ्ने काम भइरहेको बताइएको छ ।

स्थानीय आइडियल कलेजमा अध्ययनरत उनले नेपालबाट फर्किएपछि दुई पटकसम्म कलेज गएका स्थानीय स्वास्थ्य विभागका अधिकारीहरुले जनाएका छन् । अहिले ती विद्यार्थीसँगै बस्ने चारजना र अन्य तीन जनालाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण लिने प्रयास भइरहेको जानकारी दिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय