scheduleशुक्रवार चैत्र २१ गते, २०७६

‘किन खोकेको भन्दै’ ट्रेनभित्रै झण्डै कुटाकुट ! (भिडियोसहित)

एजेन्सी, २६ फागुन । अष्ट्रेलियाको सिड्नीमा भएको एक घटनाले आम मानिसमा कोरोनाको त्रास कति छ भन्ने देखाउँछ । हाल उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि बनिरहेको छ ।

सिड्नीको एक ट्रेनमा यात्रा गरिरहेकी महिलाले खोकेपछि अगाडि बसेका पुरुषसँग उनको भनाभन सुरु हुन्छ । अगाडि बसेकी महिलाले खोकेपछि ती पुरुषले प्रश्न गर्छन् । त्यसपछि महिलाले पनि जवाफ दिन्छिन् । दुबै जनाबीच केहीबेर भनाभन समेत हुन्छ ।

Dish_Home

भिडियोमा ती महिलाले सुरुमा पुरुषलाई संकेत गर्दै खोकेको देखिन्छ । त्यसपछि पुरुषले ‘किन जिस्क्याएको ? मतिर भर्खरै खोक्नुभयो ?’ भन्दै महिलाको खोक्ने शैलीप्रति विरोध जनाउँछन् ।

त्यसपछि ‘हो तर मलाई कुनै रोग लागेको छैन’ भन्दै महिलाले जवाफ दिन्छिन् । ‘मैले खोक्दा मुख खोल्दिनँ, मुख बन्द गरेर खोक्छु’, उनले भन्छिन् ।

‘कस्तो खराब बानी’ भन्दै पुरुष झर्किन्छन् । त्यसपछि महिलाले पनि ‘तपाईं पनि खराब हुनुहुन्छ’ भन्छिन् र फेरि खोक्छिन् । अनि पुरुषमाथि धम्क्याएको आरोप लगाउँछिन् ।

‘धम्की दिने मान्छे ? मैले तपाईंलाई विनम्रतापूर्वक मुख छोप्नुस मात्रै भनेको हो’, पुरुषले प्रतिवाद गर्छन् । फेरि ती महिलाले खोक्ने बेलामा मुख बन्द गरेको भन्दै रिसाउँछिन् ।

‘तपाईं डाक्टर हो ?’ पुरुषले व्यङ्ग्य गर्दै भन्छन् ।

‘के ? तपाईं होला नि ?’ भन्दै महिला पुनः झर्किन्छिन् ।

त्यसपछि ती पुरुषले सरकारले दिएको सुझाव भन्न खोज्दा महिलाले बीचमै रोक्छिन्  र भन्छिन्- ‘ह्या, चुप लाग्नुस्, नकराइ बस्नुस् । म त्यो कुरा सुन्न चाहन्नँ’ ।

फेरि पुरुषले ‘मतिर खोक्नु भयो नि त !’ भन्छन् । तर महिलाले चुप लाग्छ भन्छिन् ।

भिडियोमा त्यसपछि के हुन्छ भनेर देखाइएको छैन् । झगडा गर्ने महिला र पुरुष नजिकै एबिसीका पत्रकार एन्डी पार्क पनि थिए ।

अष्ट्रेलियामा हालसम्म कोरोना भाइरसबाट ८० संक्रमित भएका छन् भने ३ जनाले ज्यान गुमाइसकेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्ः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय