scheduleबिहिवार मंसिर ११ गते, २०७७

वुहानमा ८७ वर्षीय कोरोना संक्रमित बिरामीले डाक्टरसँगै सूर्योदय हेरेको तस्बिर भाइरल

वुहान, २६ फागुन । चीनको वुहान शहर कोरोना भाइरसको इपिसेन्टर नै हो । त्यहाँ सबैभन्दा धेरै मानिस यसबाट प्रभावित छन् ।

त्यहाँ करिब ८० हजारभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण भएको छ । त्यहाँ रहेको वुहान युनी अस्पतालबाट शनिबार मनछुने एक तस्बिर सार्वजनिक भयो । त्यहाँ एक चिकित्सकले ८७ वर्षीय कोरोना भाइरस संक्रमित बिरामीले अस्पताल बाहिर सूर्यास्त देखाइएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्बिरमा एक प्रयोगकर्ता कमेन्ट गर्दै लेखेका छन्, ‘साँच्चै हृदयदेखि । मेडिकल केयर वर्कर्स हाम्रा नायक हुन् ।’

अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘विश्वास छ, यी वृद्ध बिरामी छिट्टै निको हुनेछन् ।’ यद्यपि, तस्बिरमा रहेका बिरामी पुरुष हुन् कि महिला हुन् भन्ने खुलेको छैन । उक्त तस्बिरलाई एक प्रयोगकर्ता @chenchenzh ले दुई दिनपहिला सार्वजनिक गरेका थिए ।

बिरामीलाई खुसी र सकरात्मक राख्नका लागि उसको हरेक इच्छा पूरा गर्न चिकित्सकहरु हमेसा तयार रहेको बताइएको छ ।

वुहानमा रहेका अस्पतालमा मेडिकल स्टाफ कोरोनाभाइरसबाट प्रभावित बिरामीलाई सकरात्मक सन्देश दिन र खुसी राख्नका लागि हससम्भव प्रयास गरिरहेका छन् । अस्पताल र अस्थायी अस्पतालमा पनि नृत्य तथा व्यायामको अभ्यास चलिरहेको छ ।

यसभन्दा पहिला पूर्वी-चीनको अन्हुईमा मेडिकल स्टाफले बिरामी निको भएको उपलक्ष्यमा नृत्य गर्दै खुसी मनाएका थिए । उक्त भिडियो पनि सामाजिक सन्देशमा अत्यधिक भाइरल बनेको थियो र मानिसहरुले यसको प्रसंशा गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay