scheduleशुक्रवार चैत्र २१ गते, २०७६

काशीमा शिवको मूर्तिलाई मास्क, मूर्तिलाई छोएर पूजा नगर्न आग्रह


वाराणसी, २७ फागुन । संसारका अन्य देशहरुमा जस्तै भारतमा पनि कोरोना संक्रमणको दर तीव्र बनिरहेको छ । यसको प्रभाव सबैतिर छँदैछ । अन्ततः कोरोना भाइरसको डर मन्दिरसम्म पनि पुगेको छ ।

वाराणसीमा रहेको एक मन्दिरमा पुजारीले भगवान शिवलाई नै मास्क लगाइदिएका छन् । उनले मानिसहरुलाई मूर्तिलाई नछोइकन पूजा गर्न पनि आह्वान गरेका छन् ।

पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार देशभरी फैलिइरहेको कोरोना भाइरसविरुद्ध जागरुक बनाउन भगवान शिवलाई पनि मास्क लगाइएको हो ।

Dish_Home

उनी भन्छन्, ‘यो त्यस्तै काम हो जस्तो कि हामी गर्मीमा मन्दिरमा पनि एसी लगाउँछौं र जाडोमा भगवानलाई कपडा लगाइदिन्छौं ।

उनले भक्तहरुलाई शिवको प्रतिमालाई नछुन पनि अपिल गरेको स्पष्ट पारे । यदि कसैले मन्दिरलाई छोयो भने भाइरस फैलने सम्भावना बढ्ने उनको बुझाई छ । उनले पुजा गर्न आउनेलाई पनि मास्क लगाउन अनिवार्य गरेको जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय