scheduleबिहिवार चैत्र २० गते, २०७६

सिरानीमुनि लसुन राखेर सुत्दा स्वस्थ्यमा यस्ता फाइदा

एजेन्सी । लसुनलाई खानामा स्वाद बढाउन मात्र प्रयोग गरिँदैन । यसका साथै यसले विभिन्न थरीका रोगहरुबाट समेत बचाउँछ । अझ राति सिरानीमुनि लसुनको एक टुक्रा राखेर सुत्ने गरेमा मात्र पनि स्वस्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।

वास्तवमा लसुनमा हुने वोलेटाइट तेलको गन्ध राति हाम्रो नाकबाट शरीरमा पुगेर स्वास्थ्यलाई फाइदा गराउँछ ।

Dish_Home

१. पूरा र राम्रो निद्रा लिन सुत्नुभन्दा अघि सिरानीमुनि लसुनको एक टुक्रा राख्नुपर्छ । यसले रक्त सञ्चार सहज गराउँछ र राम्रोसँग सुत्न सकिन्छ ।

२. लसुनमा हुने तेलको गन्धसँग हाम्रो शरीरको गर्मी मिसिन्छ जसले रुघाखोकीबाट टाढा राख्न मद्दत गर्छ ।

३. विशेषगरी छारे रोगको समस्या भएका मानिसका लागि यो उपाय धेरै प्रभावकारी साबित हुन्छ । यसले छारेको हमलाबाट बचाउँछ ।

४. यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गराउँछ । त्यसकारण हृदयसम्बन्धी समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

५. लसुन छालाका लागि धेरै फाइदाजनक हुन्छ । यसको गन्धले ब्याक्टेरियाको विनाश गरिदिन्छ जसले पिम्पल र चिलाउने जस्ता समस्या बाट राहत दिलाउन सक्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय