scheduleआइतवार चैत्र २३ गते, २०७६

अमेरिकामा सार्वजनिक शिक्षा र शिक्षक आन्दोलन

रेण्डी वेइन्गार्टेन

शिक्षण हाम्रो मुटु हो । विद्यार्थी हाम्रा आत्मा हुन् । र, युनियन हाम्रो मेरुदण्ड हो ।

मैले माथिको भनाई गत हप्ता सम्पन्न भएको अमेरिकी शिक्षक महासंघको सम्मेलनमा पटक–पटक सुनें । उक्त सम्मेलनमा व्यापक विषयमा छलफल भएको थियो । वासिङ्गटन डिसीमा करीब दुई हजार शिक्षक सहभागी भएका थिए । शिक्षाविद् र एकअर्कासँग विचार आदानप्रदान गर्न सम्मेलनमा उपस्थित शिक्षकहरुको विचार एउटै थियो ।

शिक्षकहरुको आवाजको महत्व निकै हुन्छ । विशेषगरी शक्तिशाली बहसको यो युगमा उनीहरुको आवाजको महत्व बढी हुन्छ किनभने अहिलेको युग भनेको शक्ति तथा अधिकार माथिबाट तल हस्तान्तरण गर्ने युग हो ।

Dish_Home

‘कक्षाकोठामा आवाजलाई जति महत्व दियो त्यति नै समस्याको समाधान गर्न सजिलो हुन्छ र विद्यार्थीको आवश्यकता पनि पूरा गर्न सकिन्छ ।’

जहाँ शिक्षकहरु एकजुट भएर आफ्नो आवाज उठाएका छन् । त्यहाँ सकारात्मक परिवर्तनको बीउ रोपिने गरेको देखिएको छ । आफ्नो युनियनमार्फत उठाइएको सामूहिक आवाज निकै शक्तिशाली हुन्छ । अर्थात् यस्तो शक्तिशाली आवाजले हाम्रा बालबालिका, हाम्रो परिवार तथा सम्पूर्ण समाजका लागि वास्तविक परिवर्तन ल्याउन सक्दछन् ।

रेण्डी वेइन्गार्टेन

सम्मेलनमा सहभागिता जनााएकी बेटी निभ्स्ले स्तरीय शिक्षाका लागि प्रगतिशीलढंगबाट विद्यालयको पुनर्संरचना गर्ने न्युयोर्क सिटीमा लागू गरिएको एउटा कार्यक्रमबारे आफ्नो अनुभव सुनाएकी थिइन् ।

यस्तो कार्यक्रमले विद्यालयले स्थानीयतहमा नै विद्यार्थीको हीत हुने गरी पुराना सम्झौतालाई नयाँ सम्झौताले प्रतिस्थापन गर्न आफ्ना शिक्षक तथा कर्मचारीलाई सक्षम बनाएको छ ।

‘यो कार्यक्रम लागू गरिएका विद्यालयका शिक्षकहरु कक्षाकोठामा बसेरै आफ्नो कार्य गर्दछन् । अनि हामीहरुले आफ्नो काम निकै रुचीपूर्णक गर्दछौं र हाम्रो आवाजलाई सुनिने गरी नेतृत्वको भूमिका पनि दिइएको हुन्छ’ बेटीले भनिन् । उनले थपिन्,‘ कक्षाकोठामा आवाजलाई जति महत्व दियो त्यति नै समस्याको समाधान गर्न सजिलो हुन्छ र विद्यार्थीको आवश्यकता पनि पूरा गर्न सकिन्छ ।’

जब शिक्षकहरुले आफ्नो आवाज उठाउदै शक्ति देखाउँछन् तब सार्वजनिक शिक्षाले परिकल्पना गरेको लक्ष्य हासिल गर्न सकिन्छ । अन्त्यमा, हामीसँग हातेमालो गर्दै सार्वजनिक शिक्षाको गिरेको साखलाई बचाऔं भन्न चाहन्छु ।

बोस्टनका शिक्षक अफ्रा खान र लिली होल्याण्डले अमेरिकी शिक्षक महासंघले सञ्चालन गरेको नेतृत्वदायी शिक्षक कार्यक्रमबारे आफ्नो अनुभव सुनाए । महासंघले तीन वर्ष अगाडि शुरु गरेको यस प्रकारको कार्यक्रमले उनीहरुको विद्यालयलाई मार्गदर्शन गर्ने शैक्षिक नीति निर्माण गर्ने कार्यका लागि शिक्षकलाई सक्षम बनाएको थियो । यसका साथै गरीब विद्यार्थीको संख्या घटाउनमा यो कार्यक्रमले योगदान पुर्याएको थियो ।

अहिले हरेक विद्यालय गरीब विद्यार्थीको संख्या घटाउनमा प्रतिवद्ध छन् र यो विषय नै अनुसन्धानको विषय बन्न पुगेको छ । वासिङटनका शिक्षक नेता एलिस हन्टरले भने, ‘हरेक शिक्षकसँग नेतृत्वको कुनै न कुनै पक्ष हुन्छ ।’

न्युयोर्कको एउटा विद्यालयमा सामाजिक शिक्षा पढाउने जेमी ब्राइस हाइडले काम गर्दा हुने तनावका कारण कार्यस्थलको अवस्था र शिक्षकको कल्याणका लागि महासंघले संचालन गरेको कार्यक्रमबारे अनुसन्धान गर्न आफू प्रोत्साहित भएको कुरा बताइन् । ‘हाम्रो निष्कर्ष के छ भने माथिबाट सबै कार्यक्रम संचालन गर्दा यसले सार्वजनिक विद्यालयलाई अति हानी पुर्याएको छ’, उनले भनिन् ।

अनुसन्धानका कारण संघीय स्तरमा बनाइएका नीति तथा कानुनी प्रावधानहरुलाई परिमार्जन गर्न सिनेटरहरुलाई सहयोग पुग्ने छ भन्ने सबैले आशा गरेकाछन् । हामीलाई यस्तो कानुनको आवश्यकता छ जसले पिछडिएका विद्यार्थीलाई शिक्षित बनाउन र शिक्षण तथा सिकाई गतिविधिलाई ओझेलमा पार्ने परीक्षा अनि सजायँको नीतिलाई हटाउन सकोस् ।

एक दशकसम्म लागू गरिएका पुराना नीतिहरुले पाठ्यक्रमलाई साँघुरो बनाइदिएको छ वा यसलाई उपलब्धीविहीन बनाइदिएको छ । यसले गर्दा पनि अब बाटो फेनुपर्ने देखिन्छ । सर्वत्र परिवर्तनको आवश्यकता महसुस गरिएको छ । अनि सुधार र परिवर्तनका लागि हामी शिक्षकहरुले युनियनमार्फत् आफ्नो आवाज उठाइरहेका छौं । अभिभावक र विद्यार्थीसँग हातेमालो गर्दै हामीहरुले नयाँ गोरेटो कोर्न खोजिरहेका छौं ।

सार्वजनिक विद्यालयमा अभिभावकले आफ्ना छोराछोरी पठाउन र शिक्षक तथा बालबालिकाहरु शिक्षण सिकाई क्रियाकलापमा पूर्णरुपमा संलग्न हुन सकुन भनेर हामीहरुले आफ्ना गतिविधिहरु सञ्चालन गरेका छौं । जब शिक्षकहरुले आफ्नो आवाज उठाउदै शक्ति देखाउँछन् तब सार्वजनिक शिक्षाले परिकल्पना गरेको लक्ष्य हासिल गर्न सकिन्छ । अन्त्यमा, हामीसँग हातेमालो गर्दै सार्वजनिक शिक्षाको गिरेको साखलाई बचाऔं भन्न चाहन्छु ।

(हफिङ्गटनपोस्टमा २०१५ को जुलाईमा प्रकाशित तत्कालीन अमेरिकी शिक्षक महासंघकी अध्यक्ष रेण्डीको यो विचारलाई सुनिल बरालले भावानुवाद गरेका हुन् ।  अमेरिका र नेपालको शिक्षक आन्दोलनलाई तुलनात्मक रुपमा अध्ययन गर्न सहयोग मिल्नेछ भन्ने विश्वासका साथ यो विचार पुनःर्प्रकाशित गरिएको हो । –सम्पादक)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय