scheduleशुक्रवार चैत्र २१ गते, २०७६

बाहुनभञ्ज्याङबाट छुटेको ट्र्याक्टर दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु


दमौली, २८ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Dish_Home

सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय