प्रचण्डको नजरमा विप्लव नेकपा ‘आतंककारी समूह’ (विज्ञप्तिसहित)
काठमाडौं, २८ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसञ्चार मन्त्री तथा नेकपा नेता गोकुल बास्कोटाको घरमा भएको बम विस्फोटको घटनाको भर्त्सना गरेका छन् ।
‘आज बिहान ७:५० बजे हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली भक्तपुरस्थित निजी निवसामा आतंककारी समूहले प्रेसर कुकुर बम प्रहार गरेर क्षति पुर्याएको छ,’ प्रचण्डले भनेका छन्, ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपारधिक घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछु ।’
प्रचण्डले घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
उक्त घटनाको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ । विप्लव नेतृत्वको नेकपाले प्रचण्डले आतंककारी समूहको संज्ञा दिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
स्मरणीय छ, प्रचण्डले दश वर्ष मुलुकमा सञ्चालित जनयुद्धको नेतृत्व गरेका थिए ।