scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव नेकपाले लियो बास्कोटा निवासमा बम विस्फोटको जिम्मा, यस्ता छन् १० आरोप

काठमाडौँ, २८ फागुन । सत्तारुढ नेकपा नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको घरमा बुधबार बिहान भएको विस्फोटको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिएको छ ।

विस्फोटको जिम्मा लिँदै नेकपाद्वारा जारी पर्चामा नेता बास्कोटालाई नेकपाले विभिन्न १० वटा आरोप लगाएकव छ । पर्चामा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटामाथि भ्रष्टाचारी घोषणा गर्दै कारबाही गरेको स्पष्ट पारिएको छ ।

बुधबार बिहान भक्तपुरमा रहेको उनको घरमा बम विस्फोट भएको थियो । नेकपानिकट अनलाइन इरातोपाटीमा प्रकाशित सामग्रीका अनुसार प्रतिबन्धित विप्लव नेकपाद्वारा छाडिएको पर्चामा बास्कोटालाई भ्रष्टाचारीको संज्ञा दिइएको छ ।

यो पनि-

प्रचण्डको नजरमा विप्लव नेकपा ‘आतंककारी समूह’ (विज्ञप्तिसहित)

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay