scheduleशुक्रवार चैत्र २१ गते, २०७६

११ गाडीमा गएका तीन सय जन्ती रित्तै फर्किए


धादिङ, २८ फागुन । विवाहको लागि ११ वटा गाडीमा ३ सय जन्ती लिएर वधुको घर पुगेको जन्ती रित्तै फर्कनुपरेपछि अवस्था कस्तो होला ? धादिङमा बुधबार यस्तै भएको छ ।

दुलहीको उमेर नपुगेको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेपछि तीन सय जन्ती विवाह मण्डपमै नपुगी रित्तै वरको घर फर्किएको हो । गजुरी गाउँपालिका वडा नं.६ मिलनटारमा ध्रुव सुवेदीले आफ्नो १८ वर्षीया छोरी सपना सुवेदीको गल्छी गाउँपालिका -६ बाहुनपलाङका २९ वर्षीय कविराज अधिकारीसँग विवाह छिनेका थिए ।

दुवै पक्षको सहमतिमा विवाह छिने पनि उनले कानूनी उल्झनका कारण आफ्नो छोरीको कन्यादान गर्न पाएनन् ।

Dish_Home

स्थानीय आमा समूहले उमेर नपुगेको छोरीको विवाह नगर्न मौखिकरुपमा बारम्बार अनुरोध गरेपनि ध्रुवले यसलाई गम्भीरतापूर्वक लिएनन् । अन्ततः आमा समूहका प्रतिनिधिहरुले प्रहरीमा उजुरी दिएपछि विवाह नै रोकिएको हो ।

बुधबार बाजागाजासहित जन्ती लिएर दुलही लिन गएका दुलाह जन्तीसंगै रित्तो हात फर्किन बाध्य भए ।

माइतीपक्षलाई विवाह रोक्न आदेश दिएर प्रहरीले दुलाह पक्षका जन्तीलाई आदमघाटस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट नै फर्कादिएको हो ।

विवाहका लागि नेपालको कानून अनुसार केटा २२ र केटी २० वर्ष पूरा हुनुपर्ने प्रावधान छ । यता बेहुलीको घरमा पनि मण्डप, भोजका लागि आवश्यक खानपान सबैको तयारी गरिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय