scheduleआइतवार आषाढ़ २१ गते, २०७७

कार्यकर्ता नेता बन्ने प्रचलन छ तर नेता कार्यकर्ता बन्ने प्रचलन किन छैन ?

अन्वेषण सिंह

राजनीतिमा न स्थायी मित्र हुन्छ न स्थायी शत्रु, स्थायी केही हुन्छ भने त्यो स्वार्थ मात्र हो । हिजोसम्म जसले अर्को पार्टीको आलोचना गरिरहेको थियो, अचानक उसले त्यही दलको प्रशंसागान गर्दा पनि जनतालाई अचम्भित बनाउँदैन किनकी जनता यस्ता घटनाक्रम हेर्न अभ्यस्त भइसकेको छ ।

मध्यप्रदेशमा राजनीतिक संकटको कर्णधार कमलनाथ, दिग्विजय, सिन्धिया वा भाजना होइनन् । यसको कारक त हाम्रो राजनीतिक संस्कृति हो । भारतको राजनीतिक संस्कृतिमा स्पष्टरुपमा देखिन्छ कि दलका सत्ता र नेताको लागि राजनीति वा संवैधानिक पदको प्राप्ति गर्नु अन्तिम लक्ष्य हुन्छ । सुब्रमण्यम स्वामीले अटल बिहारी वाजपेयी र कपिल मिश्राले नरेन्द्र मोदीको चरित्रमाथि केके मात्रै भनेनन् ! तर, आज उनीहरु दुवैजना भारतीय जनता पार्टीमा छन् ।

अन्वेषण सिंह

नवजोत सिंह सिद्धू पहिलो व्यक्ति थिए, जसले राष्ट्रिय टेलिभिजनमा राहुल गान्धीका लागि पप्पू शब्दको प्रयोग गरे र उनी पनि कांग्रेसमै छन् । लालू यादवलाई चारा घोटालामा जेल पठाउनेमा शिवानन्द तिवारीको भूमिका कसैबाट लुकेको छैन, तर उनी अहिले राजदमा छन् । यस्ता सैकडौं उदाहरण हाम्रो आसपास उपस्थित छन् ।

यदि दलहरुको स्थिति हेर्नुहुन्छ भने यहाँ अवस्था झन् अनियन्त्रित छन् । जस्तो सपा-बसपा, जद (यू)-राजद, काग्रेस-वामपन्थी दल, कांग्रेस-शिवसेना यस्ता धेरै बिजातीय गठबन्धन बने र बिग्रे, तर यी सबै अवस्थाहरुको निर्माणको आधार भनेको सत्ता प्राप्ति नै हो ।

ज्योतिरादित्य सिन्धिया हिजोसम्म भाजपाको नीतिहरु नियतमाथि प्रश्न सोधिरहन्थे । उनी कतिबेला भाजपाको पक्षमा उभिए भन्ने कुरा जनताले थाहा नै पाउन सकेनन् ।
जुन जनताको दुहाई दिएर सिन्धिया भाजपामा गए, त्यही जनतालाई पत्रकार सम्मेलनबाट थाहा भयो कि सिन्धिया तिनै जनताको लागि यो काम गरिरहेका छन् । यद्यपि, सिन्धिया जनता जनार्दनका लागि होइन बरु आफ्नै राजनीतिक प्रासंगिकता बचाउनका लागि कहाँबाट निक्लिएर कहाँ पुगिसकेका छन् ।

राजनीतिक प्रासंगिकता आफ्नो राजनीतिक हस्तक्षेपबाट तय हुन्छ र यस्तो हस्तक्षेप गर्ने शक्ति तपाईंको राजनीतिक पदबाट आउँछ । यसरी दलमा आउने र जाने मानिसलाई भारतीय राजनीति गतिशील मान्छ र एकैठाउँमा टिकिरहनेलाई जड भन्छ । यद्यपि, हाम्रो राजनीतिक संस्कृतिमा कार्यकर्ता नेता बन्ने प्रचलन छ तर नेता कार्यकर्ता बन्ने कुनै प्रचलन छैन ।

(अमरउजालामा प्रकाशित विचार नेपाली सन्दर्भमा पनि विचारणीय भएकोले भावानुवाद गरी प्रकाशन गरिएको- सं.)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय