scheduleमगलवार चैत्र २५ गते, २०७६

केजिएफ स्टार यशकी छोरोको हेयरकट, भाइरल बन्दै फोटो

एजेन्सी, २९ फागुन । KGF स्टार यशले हालै एउटा फोटो सामाजिक सञ्जाल इन्टाग्राममा शेयर गरेका छन् । उक्त फोटोमा बुबा र छोरीलाई  देख्न सकिन्छ ।

फोटोमा एशकी छोरोले आफ्नो आंखीभौं खुम्चाउदै यशलाई हेरिरहेको देखिन्छ । र छोरी नयाँ हेयरकटबाट तेति खुशी नभएको झल्किन्छ ।

Dish_Home

दक्षिण भारतका अभिनेता यश तथा KGF स्टारले आफ्नी एक वर्षीया छोरी आयरासँगै खिचेको एक फोटो शेयर गरेका हुन् । फोटोमा गर्मी यामको हेअरकटमा उनकी छोरीलाई देख्न सकिन्छ ।

तस्विरमा यशले आफ्नो छोरिसँग कपाल काटेका दिनमा भएका कुराहरुको पनि झलक शेयर गरेका थिए । यशले आफ्नो शेयरमा क्याप्शन पनि राखेका छन् ।

बुवा-छोरीको फोटोमा, आइरा यशलाई आँखी भौं खुम्चाएर हेरिरहेको देखिन्छ र वास्तवमा उनी गर्मीको विशेष हेअरकटलाई लिएर धेरै खुशी नभएको देखिन्छ । यशले फोटो  क्याप्शनमा लेखेका छन्- ‘आइरा: बुबा, मलाई  थाहा छ कि यो गर्मी याम हो…तर म निश्चित छु कि यो गर्मीयामको विशेष हेअरकट होइन! बुबा: हँ.. अहेम!’

यश क्रिटिकबाट निकै प्रशंसा बटुलेको  KGF- पार्ट १ का कारण पनि चर्चित छन् । उनी अब फिल्मको दोस्रो भागमा व्यस्त छन्, जुन गत वर्ष मार्चमा निर्माण गर्न सुरु गरिएको थियो ।

यश दोस्रो भागमा नायकको रूपमा फर्कनेछन् । यस पटक मात्र उनले संजय दत्तविरूद्धको भूमिकामा देखिनेछन्, जो एक आपसमा विरोधी हुनेछन् । रावीना टन्डन पनि हालसालै यस फिल्ममा सामेल भएकी छिन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय