scheduleबुधवार जेष्ठ १४ गते, २०७७

इराकमा अमेरिकी हवाई हमला हुँदा बेलायतको यस्तो प्रतिक्रिया


लन्डन, ३० फागुन । बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिएका छन् ।

इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको रकेट आक्रमणमा दुई अमेरिकी र एक बेलायती सैनिक मारिएकापछि पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको थियो ।

यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानवअधिकारबादी समूहले जनाएको थियो ।

Dish_Home

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताएको थियो । एक अमेरिकी अधिकारीले एएफपीलाई यस परी दुई अमेरिकी र एक बेलायती नागरिक मारिएका जानकारी दिएको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गरेका छन् ।

इराकमा बेलायतीसहितको गठबन्धनका सेनाले देशलाई आतङ्ककारी गतिविधिको विरूद्ध लड्न मद्दत पुर्‍याइरहेका र उनीहरूलाई हानि पुर्‍याउन चाहन्छ भने उसले कडा प्रतिक्रिया भोग्नु पर्ने राबले एक विज्ञप्तिमार्फत बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय