scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

स्वरूपराजको स्वरमा परदेशीको मन छुने गीत (भिडियोसहित)


काठमाडौं, ३० फागुन । ख्यातिप्राप्त गएक स्वरूपराज आचार्यको स्वरमा ‘मलाई परदेशी नभन’ बोलको राष्ट्रिय भावनाले बोकेको गीत हालै म्युजिक डायरीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डा चन्द्र गिरी र डा ऋषि बस्ताकोटीको शब्द रचनामा सुवास भुसालले संगीत गरेको गीतलाई पुरूषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् । गीतको रेकर्डिङ्ग काठमाडौंस्थित अकस्टिक नेपाल स्टुडियोमा गरिएको हो ।

देश विदेशबाट मायाप्रेमका गीतहरू त दिनदिनै जसो आइरहेछन् तर प्रवासी मनलाई समेट्ने गरी राष्ट्रिय भावनाका गीतहरू अल्लि कम नै बन्ने गरेको सन्धर्भमा प्रवासमा बसेर आफ्ना भोगाई र अनुभूतिहरू समेटेर आफूहरूलाइ यो गीत लेख्ने प्रेरणा मिलेको कुरा बताउँछन् गीतकार चन्द्र गिरी । अर्का गीतकार बस्ताकोटीका अनुसार विभिन्न परिवेशले गर्दा आफू जन्मेको भूगोल भन्दा पर रहे पनि भावना भरी देशको माया बोकी हिड्ने लाखौं प्रवासी मनको कुरा यो गीतमा व्यक्त गर्ने प्रयास गरिएको छ ।

Dish_Home

म्युजिक डायरीको युट्युब च्यानलबाट आधिकारिक रुपमा गीत सार्वजनिक गर्दै म्युजिक डायरीका प्रधान सम्पादक तुलसी गिरीले यो गीत एकदमै फरक शैलीको र विदेशमा बस्ने नेपालीको सिंगो आवाज भएकोले गीतले स्रोताहरुको माया पाउने विश्वास गरेका छन् ।

पेशाले वातावरणविद गीतकारद्वय गिरी र बस्ताकोटीको सहलेखनमा यो दोस्रो गीत हो । ‘तिमी सुनन’ बोलको पहिलो गीत मेलिना राईले गाएका थिए। साझापोस्टका स्तम्भकार समेत रहेका बस्ताकोटीको यसअघि पनि गजल स्पर्श नामको एल्बम आइसकेको छ ।

देश विदेशका विभिन्न सन्धर्भहरूलाई जोडेर बनाइएको र विदेशमा बस्ने हरेक नेपालीले र नेपालमा बस्ने उहाँहरुका आफन्त हरुले सुन्नै पर्ने गीतको भिडियो तलको लिंकमा हेर्न सकिन्छ-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय