scheduleशुक्रवार चैत्र २१ गते, २०७६

काँग्रेसले चार वर्षपछि पायो पदाधिकारी र विभाग


बलेवा, १ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गरेका हुन् ।

सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गरेका छन् । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गरेका छन् ।

शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गरेका थिए । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ । सभापतिले २८ विभाग पनि गठन गरेका हुन् ।

Dish_Home

काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ । सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताएका थिए ।

जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो । कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय