scheduleशुक्रवार चैत्र २१ गते, २०७६

आइसोलेशन वार्डमा राखिएका बिरामी भागेपछि पूरा सहरमा नाकाबन्दी

एजेन्सी, १ चैत । कोभिड-१९ बाट मानिसहरू कति आतंकित छन् भन्ने कुरा भारतको नागपुरमा भएको एक घटनाले प्रस्ट पार्छ ।

कोरोना भाइरसको संक्रमणको आशंका गरिएका ५ जना व्यक्ति महाराष्ट्रवको नागपुरको एक अस्पतालबाट भागेका छन् । शनिबार राति ती संदिग्ध बिरामी अस्पतालबाट भागेका हुन् ।

Dish_Home

अस्पतालबाट भाइरसको संक्रमणको आशंका गरिएका ५ जना बिरामी भागेपछि पूरा नागपुरमा उच्च सावधानी अपनाइएको छ । हाल पाँचैजनाको खोजी भइरहेको छ ।

समाचार अनुसार शनिबार राति नागपुरको इन्दिरा गान्धी मेडिकल कलेजमा भर्ना गरिएका ५ बिरामी भागेका हुन् । कोरोना संक्रमण परीक्षणका लागि आइसोलेशन वार्डमा रहेका ती बिरामी भागेका थिए ।

आइसोलेशन वार्डमा राखिएका बिरामी भागेपछि नागपुर प्रहरीले उच्च सावधानी अपनाइएको र भागेका बिरामी खोज्न सुरक्षाकर्मी तैनाथ गरिएको बताएको छ ।

प्रहरीका अनुसार पूरा सहरमा नाकाबन्दी गरिएको छ । हाल उनीहरूको खोजी भइरहेको छ । भागेर टाढा जान नसकून् भनेर सहरमा नाकाबन्दी गरिएको हो ।

हालसम्म भारतमा कोरोना भाइरसबाट ८३ जना संक्रमित भएका छन् । त्यस्तै २ जनाको ज्यान गएको  छ।

महाराष्ट्रमा पनि कोरोनाका बिरामी बढिरहेका छन् । पछिल्लो विवरण अनुसार महाराष्ट्रमा १७ जना संक्रमित भएका छन् । जसमध्ये पुणेमा १०, मुम्बई र नागपुरमा ३/३ जना र ठाणेमा १ जना संक्रमित बनेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय