scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोनाको मारमा हलिउडः दर्जनौं टिभी सिरियल र फिल्म अलपत्र (सूचीसहित)

एजेन्सी, १ चैत । कोरोनाभाइरसको महामारीले हलिउडमा निकै ठूलो असर परिरहेको छ । दर्शकको पर्खाइमा रहेका चलचित्रहरुको रिलिज मितिहरु पर धकेलिएको छ । साथै निर्माणको चरणमा रहेका कैयौं टिभि सिरियल हालका लागि स्थगित गरिएको छ ।

कोरोनाभाइरस, अथार्त् COVID-19, ले विश्वव्यापी महामारीको रुप लिँदा संसारभर जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । विश्व अर्थतन्त्रमा धेरै नै क्षति पुगेको छ । हालसम्म कोरोनाबाट १ लाख ३२ भन्दा बढी संक्रमित भइसकेका छ्न भने ज्यान गुमाउनेको संख्या ५ हजार नाघिसकेको छ ।

Dish_Home

भाइरसका कारण स्कुल,दैनिक क्रियाकलाप, यात्रा, खेलकुद लगायतका सबै क्षेत्र सबैकुरामा प्रभावित भएका छन्। हलिउडले पनि यसको प्रत्यक्ष प्रभाव महसुस गरिरहेको छ। हाल हलिउडका थुप्रै प्रोजेक्टहरु रोकिएका छन् । टम ह्याक्स, रिता विल्सन जस्ता लोकप्रिय कलाकार नै भाइरसको शिकार बनेका छन् ।

ट्वीटरमा हलिउडका धेरै सेलिब्रेटीहरुले आफ्ना कार्यक्रमहरूमा ढिलाइ हुने वा रोकिएको जानकारी दिइरहेका छन् । टम ह्याक्सका एल्विस प्रेस्ले परियोजना, जोन क्रासिन्स्कीका अ कुवाइट पेलेस भाग २ रोकिएको छ । ठूला र सानो पर्दाका लागि अधिक परियोजनाहरूले गम्भीर स्वास्थ्य प्रकोपको त्रासबीच रिलीज मितिहरू सार्न वा निर्माण रोक्न बाध्य भइरहेका छन् ।

यसैले अधिक चलचित्रहरू र टिभी कार्यक्रमहरू जस्तै रिभरडेल, फास्ट एण्ड फ्यूरियस, र दि मार्निंग शो प्रत्येकले विश्वव्यापी महामारीको कारण रिलीज मितिहरू थकेलिएको, निर्माण कार्य रोकिएको वा प्रदशर्न तालिकामा केही परिवर्तन गर्नुपरेको दुर्भाग्यपूर्ण जानकारी गराइरहेका छन् ।

विशेषगरी निम्न परियोजना र सिरियल नयाँ प्रकोपबाट अलपत्र परेका छ्न्ः

रिवरडेल (टिभी) – रिभरडेलको सिजन क्यानाडाको भ्यानकुभरमा  शूटिंग भैरहेको थियो । तर जब एक सदस्य भाइरसबाट संक्रमितको सम्पर्कमा आएको खबर बाहिरियो, तब निर्माण कम्पनी वार्नर ब्रदर्सले सिजनको निर्माण कार्य पूर्ण रूपमा रोक्ने निर्णय गर्यो।

दि मर्निंग शो (टिभी) – यद्यपि कास्ट वा सदस्यमा कोरोना भाइसका लक्षणहरू नदेखिए पनि, एप्पलको अवार्ड-मनोनित सिरिज दुई हप्ताका लागि रोकिएको छ । निर्माण टोलीको स्वास्थ्य सुनिश्चित गर्न भन्दै हालका लासगि निर्माण कार्य रोकेर सावधानी अपनाइएको हो ।

सर्वाइभल (टिभी) – सीबीएसले यात्रा अवरोध र भाइरसको प्रभवले सर्वाइभोरको ४१ सिजन फिजीमा मार्चको अन्त्यमा गरिने सुटिग रोक्ने निर्णय गरेको छ ।

अमेजिंग रेस (टिभी) – सीबीएसले सावधानीका रूपमा यस कार्यक्रमका कसैलाई  प्रभाव नपरेको भए पनि ३३ सीजन वास्तविकता प्रतिस्पर्धा  सिरिज रोकिएको छ ।

फास्ट एण्ड फ्युरियस ((फिल्म) – कोरोनाभाइरसका कारणले फास्ट एण्ड फ्यूरियस फ्रेंचाइजीको नवौं चलचित्र रिलीजले बक्स अफिसलाई मात्र असर गर्दैन,प्रिमियरको लागि यात्रा र भीड थिएटरहरूमा जानले दर्शकहरू, कास्ट, र क्रूलाई पनि खतरामा पार्ने भएकोले रिलिज गर्ने मिति धकेलेर २०२१ सारिएको छ ।

अ क्वाइट प्लेस भाग २ (फिल्म) – अभिनेता र पटकथा लेखक जोन क्रासिन्स्की ट्विटरमा प्रशंसकहरूको लागि सन्देश लिएर आए ‘संसारभरि भइरहेको बदलिदो परिस्थितिले, अहिले समय उचित छैन ।…. हामी सबैले हेर्न सक्ने अवस्था आएपछि मात्रै फिल्मको रिलिज मिति घोषणा गर्ने छौं ।’ तर फिल्म कहिले रिलिज हुन्छ भनेर प्रस्ट भइसकेको छैन ।

नो टाइम टु डाइ (फिल्म) – डानियल क्रेगले पछिल्लो समय जेम्स बोण्डको भूमिका निभाएको यो फिल्म मार्च  ४ मा रिलिज हुने तय गरिएको थियो । तर भाइरसका कारण नोभेम्बरमा फिल्म रिलिज हुने बताइएको छ ।

पिटर र्‍याबिट २ (फिल्म) – जेम्स कर्डेनको नेतृत्वमा रहेको यो फिल्म मार्चमा रिलिज हुने तय गरिएको थियो । तर रिलिज मिति सारेर अगस्ट पुर्‍याइएको छ ।

मुलान (फिल्म) – डिज्नीको सबैभन्दा लोकप्रिय फिल्म मध्ये एकको लाइभ-एक्शन रिबुट मार्च २७ रिलीज हुने भनिएको थियो अब स्थगित गरिएको छ।

ग्रेज एनाटोमी (टिभी) – कोरोनाभाइरस बाट सावधानी रहन मेयर गार्सेटीको सुझाव अनुसार ५० भन्दा बढी समूहमा भेला नहुन भनेर  कम्तिमा दुई हप्ताको लागि ग्रेज एनाटोमीको निर्माण स्थगित गरिएको छ । आगामी दिनमा कोरोनाभाइरसको अवस्था कसरी विकसित हुन्छ, सोही आधारमा पछि जानकारी दिने भन्दै सबै सदस्यहरुलाई ईमेल पठाइएको छ ।

योङ्ग शेल्डन, एनसीआईएस फ्रेंचाइजी, बुल, डाइनेस्टि, र द गुड फाइट लगायत सीबीएस टिभी स्टुडियो कार्यक्रमहरू – सीबीएस, प्यारामाउन्ट टेलिभिजन स्टुडियो र शोटाइमले एक संयुक्त विज्ञप्ति मार्च १३ जारी गर्‍यो । उक्त विज्ञप्तिमा निर्माण टीमको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिदै अस्थायी रूपमा उत्पादन स्थगित गर्ने निर्णय भएको उल्लेख गरिएको छ । यस समयमा स्वास्थ्य-विशेषज्ञहरू र सरकारी अधिकारीहरूबाट सूचित भएर परिस्थितिहरूको मूल्याकन गरी अगाडि बढ्ने बताइएको छ ।

एनबीसी युनिभर्सल कार्यक्रमहरू जस्तै अमेरिकाज गट ट्यालेन्ट, एफबीआई, लण्ड एण्ड अडर, एसभीयू, वोन शिकागो फ्रेंचाइज, न्यू एम्स्टर्डम, र द केल्ली क्लार्कसन शो (टिभी) – १३ मार्चमा जारी गरिएको विज्ञप्ति अनुसार टोलीका सदस्य र कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिइ सावधानीका उपायका रूपमा दुई हप्ता निर्माण रोकिने र पुनः मूल्याकनपछि रिलिज मिति निर्धारित गरिने जानकारी दिइएको छ । केही विशेष अवस्थामा भने केही कुर सम्पन्न गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको पनि जानकारी दिइएको छ ।

डिज्नी चलचित्रहरू द लिटिल मरमेड, शयाग्-चि र द लिजेन्ड अफ द टेन रिंग्स, होम अलोन, द लास्ट ड्युअल, नाइटमेयर एली, पीटर पान एन्ड वेंडी, र स्रंक (फिल्म) – डिज्नीले मार्च १३ मा जारी गरेको विज्ञप्ति अनुसार उत्पादनहरूमा COVID-19 को कुनै पुष्टि भएका घटनाहरू नभएता पनि  वर्तमान वातावरण लिएर सदस्यहरुको उत्तम हितलाई विचार गरी उत्पादन थोरै समयको लागि  रोक्न निर्णय गरेका र अवस्थालाई हेरेर सम्भव भएसम्म फेरि सुरु गर्ने बताइएको छ ।

नेटफ्लिक्स प्रोडक्शन्सहरु जस्तै स्ट्र्यान्जर थिंग्स, लुसिफर, र ग्रेस र फ्रान्की (टिभी र फिल्म) – नेटफ्लिक्सले सबै परियोजनाहरूको उत्पादन  रोकेको छ । ग्रेस र फ्रान्की उत्पादन गर्ने स्कायडन्स टेलिभिजनले  कास्टको सुरक्षा सुनिश्चित गर्न उनीहरूले शोको अन्तिम सिजनको शूटिंग रोकेका छन् ।

बैचलरेट (टिभी) – फ्रान्चाइज उत्पादक वार्नर ब्रदर्सले रियलिटी शोको २०२० सीजनको उत्पादनमा ढिलाइ गर्ने घोषणा गरेको छ । उनीहरूले थप जानकारी प्रदान गरेनन् ।

मिशन इम्पोसिबल-७ ((फिल्म) – तीन हप्तासम्म इटालीको भेनिसमा शूटिंग गरिने टम क्रूज फ्रेंचाइजीको सातौं  फिल्म  १०,००० जना COVID-19 बाट सक्रमित भएको घटनाहरूलाई ध्यानमा राख्दै प्यारामाउन्ट पिक्चर्सले उत्पादनमा  ढिलो गरेको छ ।

फ्यामिली फिउड (टिभी) – लामो समयदेखि गेमशो उत्पादन गर्ने कम्पनी फ्रिमन्टलले एक विज्ञप्तिमा भने कि उनीहरु COVID-19 को विश्वव्यापी अवस्थाका कारण जोखिम न्यूनीकरण गर्न उत्पादन टोलीहरू र नेटवर्क साझेदारहरूसँग मिलेर काम गरिरहेका छन् ।

कार्निवल रो (टिभी) –  ओर्लान्डो ब्लोम र कारा डेलिभिंग्सको अमेजन  सिरिजको सीजन २ हंगेरीको बुडापेस्टमा उत्पादन भइरहेको थियो तर कोरोनाभाइरसका कारण रोकिएको छ। ओर्लान्डोले एक इन्स्टाग्राममा भने कि उनलाई कोरोनाभाइरस सावधानीका कारण अमेरिका पठाइएको  छ ।

केली क्लार्कसन शो (टिभी) – सबैको सुरक्षाको  चिन्ता लिएर अस्थायी रूपमा केलीले आफ्नो टक शो रोकिएको कुरा मीडियामार्फत् बताएकी छन् ।

द लेट शो  विथ स्टीफन कोलबर्ट  (टिभी) – सीबीएस टक शो पनि बन्द भएको छ । स्टीफनले एक बयान जारी गर्दै अर्को हप्ताको लागि निर्धारित तीन मुख्य एपिसोडहरूको उत्पादन स्थगित गरेको र मार्च ३० (सोमबार) सम्ममा अवस्थालाई नजिकबाट निगरानी गरेर कार्यक्रम पुनः सुरु गर्न सकिने पनि बत भएको बताएका छन् ।

वेंडी विलियम्स शो (टिभी) –  दुई एपिसोडहरू दर्शकविना खिचे पछि वेंडी अनिश्चितकालिनका लागि रोकिएको छ र फेरि प्रसारण हुनेछ।

द टुनाइट शो विथ जिमी फालन र लेट नाईट विथ सिथ मेयरहरू (टिभी) – दुबै एनबीसी टक शोले दर्शकविना शूट गर्ने योजनालाई रद्द गरी मार्च २३ को हप्ताको अवधिमा उत्पादन स्थगित गरिरहेको छ ।

द डेल्लि शो विथ ट्रेभर नोहा (टिभी) – शीर्ष प्राथमिकता पाहुनाहरु र स्टाफ को सुरक्षालाई लिएर सोमबार, मार्च १६ देखि शो सावधानी उपायको रूपमा उत्पादन अस्थायी गरिएको र सीडीसी र सार्वजनिक स्वास्थ्य अधिकारीहरु द्वारा जारी निर्देशन अनुसार परिस्थिति अनुसार सोमबार, मार्च ३० सम्ममा फर्कने आशा राखिएको छ ।

लाइट्सआउट विथ डेभिड स्पेड (टिभी) -हास्य केन्द्रित डेभिड स्पेडको लेट नाइट सिरिज सोमबार, मार्च ३० फर्कने योजनाका उत्पादन रद्द गरिएको छ ।

जिमी किमेल लाइभ (टिभी) –  जिमी किम्मेल लाइभले सदस्यहरुको भलाइको लागि सोमबार, मार्च १६ मा शोका एपिसोड उत्पादनमा रोक लगाउने तय गरेको छ । भाइरसको अवस्थाको निगरानी राख्ने र सोमबार, मार्च ३० सम्ममा नयाँ एपिसोड फर्कने आशा राखेको एबीसी इन्टरटेन्मेटको एक विज्ञप्तिमा भनिएको छ ।

टुनाइट विथ जोन ओलिभर (टिभी) – छोटो एपिसोड आइतबार, मार्च  १५ मा प्रसारित पछि कोरोनाभाइरस महामारीको चिन्ताको कारणले अस्थायी अन्तरालका लागि स्थगित गरिएको एक एचबीओले विज्ञप्तिमा जानकारी दिएको छ ।

रिअल टाइम विथ बिल माहेर (टिभी) – एक एपिसोड शुक्रवार, मार्च १३ बिहान १० बजे प्रसारित भए पछि सिरिज सोमबार, मार्च १६ बाट स्थगित गरिएको छ ।

जनरल हस्पिटल (टिभी) –  शो सोमबार, मार्च १६ देखि शुक्रवार, अप्रिल १०  सम्मको लागि उत्पादन स्थगित गर्ने र मुख्य एपिसोडको प्रसारणमा कुनै अवरोधको नआउने आशासहितको विज्ञप्ति जारी गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय