scheduleशुक्रवार चैत्र २१ गते, २०७६

बेलायतमा भेटियो सबैभन्दा कम उमेरको कोरोना सङ्क्रमित शिशु

लण्डन, २ चैत । कोरोना संक्रमणको कारण संसार नै तनावमा छ । अहिलेसम्म डेढ लाख मानिसमा कोरोना संक्रमण भेटिएको छ भने ५ हजारभन्दा बढी मानिसको यो रोगले ज्यान लिइसकेको छ ।

बेलायतमा एक नवजात शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी संसारकै सबैभन्दा कम उमेरको कोरोना संक्रमित शिशु बनेका छन् ।

Dish_Home

‘द सन’मा प्रकाशित रिपोर्टका अनुसार बच्चाको जन्म हुनासाथ आमालाई निमोनियाको शंका लाग्यो । परीक्षणको नतिजा आउनुअगाडि नै बच्चा जन्मियो । जन्मनासाथ बच्चामा पनि ज्वरो थियो । नवजात शिशुमा नतिजा पोजिटिभ आयो ।

के गर्भमै कोरोना संक्रमण हुनसक्छ ?
चिकित्सकहरुले गर्भ मै पनि बच्चालाई कोरोनाको सङ्क्रमण हुनसक्ने वा नसक्नेमा द्विविधामा छन् । यसअघि यस्तो सम्भव नहुने धारणा थियो । बच्चा भाइरसको सम्पर्कमा कसरी आए भनेर जान्न खोजिरहेका छन् । बच्चालाई त्यही अस्पतालमा राखेर आमालाई अर्को अस्पतालमा लगिएको छ ।

राम्रो खबर यो छ कि अहिलेसम्म आमा र बच्चा दुवैजनालाई सामान्य संक्रमण मात्र छ । उनीहरुमा साधारण लक्षणहरु देखिएका छन् । यसकारण आमाले बच्चालाई दूध पिलाउन सक्छिन् ।

बेलायतमा कोरोनाको त्रासले सडक सुनसान बन्न थालेको छ । सडकहरु हेर्दा यस्तो लाग्छ कि त्यहाँ मानिस नै बस्दैनन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय