scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

बादर नियन्त्रणका लागि ज्ञापनपत्र

खोटाङ्ग, २ चैत । वर्षाैंदेखि जङ्गली जनावर बाँदर लगाएत अन्य पशुपक्षीले अन्नवाली सखाप पार्दा हैरानी खेपिरहेका खोटाङका किसानहरुले बादर नियन्त्रणका लागि भन्दै दिक्तेल रुपाकोट मझुवागडि नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

दिक्तेलस्थित हेलिप्याडबाट हलो, कुटो, कोदालो, लगायतका खेतिका लागि प्रयोग हुने सामानहरु वोकेर र्‍याली सहित नारा जुलुस लगाउदै किसानहरुले नगरपालिकाको कार्यालय पुगी स्थानीय सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र वुझाएका हुन् । बादरले खेत बारीमा लगाएको अनाज उम्रनै नदिने र उम्रेको पनि क्षणभर मै सखाप पार्ने, घरभित्र राखेको, भण्डारण गरेको अन्नपात खाइदिने तथा अन्य तरिकाले सताउने गरेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी गराए ।

बादर नियन्त्रणका लागि पहल गरिदिन नगरपालिकालाइ आग्रह गरेको वाँदर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेको भनाई छ । जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत संघीय सरकारको पनि ध्यानाकर्षण गराइएको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय