scheduleमगलवार चैत्र २५ गते, २०७६

गर्नुहोस् संज्ञानात्मक थेरापी, रोक्नुहोस् मोटोपन

मोटोपन एकप्रकारको दीर्घकालीन रोग हो । शरीरको आकार प्रकारको सम्बन्ध हाम्रो आत्म विश्वाससँग जोडिएको हुन्छ । कुनै पनि बाहिरी वस्तु, मानिस, परिस्थिति वा घटनाले नभई हाम्रो व्यवहार र भावनालाई हाम्रै विचारले प्रभावित पार्छ र यसैमाथि आधारित एउटा कंग्निटिभ विहेभियर थेरापी अथवा संज्ञानात्मक व्यवहारिक रोगोपचार विधिको विकास भएको छ ।

अमेरिकाको क्लिनिकल न्यूट्रीशन जर्नलमा प्रकाशित भएको एउटा शोध सामग्री ‘अ कंग्निटिभ विहेभियर थेरापी’ मा उक्त थेरापीलाई अपनाउनाले धेरै तौल र मोटोपनबाट ग्रसित मानिसहरुको शरीरमा सुधार आउने बताइएको छ । त्यस्तै जर्नल अफ अमेरिकन डायटेक्टिक एसोसिएशनमा प्रकाशित एउटा अर्को अध्ययनमा यो थेरापीले मानिसहरुमा खानपान सम्बन्धी असल विकासको बानी र शारीरिक गतिविधिहरुलाई प्रोत्साहन गर्ने बताइएको छ ।

Dish_Home

यस थेरापी अन्तर्गत मानिसले आफ्नो हरेक क्रियाकलापमा आफुलाई प्रोत्साहन दिनुपर्छ र त्यसबारे सकरात्मक सोच्नुपर्छ । यसका लागि खाने समयमा कहिले पनि लाज मान्ने या आफ्नो डाइटको निर्णयप्रति असन्तुष्ट रहनु हुँदैन । आफुलाई प्रेरणा दिनाले टाइप २ डाइबेटिजबाट ग्रसित महिलाहरुको तौल कम गर्न र ग्लाइसेमिकलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।

जब मानिसहरु तनावमा हुन्छन् तब शरीरबाट केही हर्मोन र एड्रेनलाइन निस्कन्छन् । यसले गर्दा एड्रेनल कोर्टीसोन बाहिर आउँछन् । यस्तो समयमा धेरै मात्रामा इन्सुलिन निस्कन्छन् । यो फ्याटलाई एकत्रित गर्ने हार्मोन हो । यस्तो समयमा कंग्निटिभ विहेभियर थेरापीको मद्दतले नकरात्मक विचारहरुबाट छुटकारा पाउन मद्दत मिल्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय