scheduleबुधवार जेष्ठ २१ गते, २०७७

आफ्नै आविस्कारका कारण जीवन गुमाएका पाँच वैज्ञानिक/आविस्कारकहरु

कुनै पनि नयाँ वस्तुको आविस्कार गर्नु सामान्य कुरा होइन । यसमा वैज्ञानिकहरुलाई वर्षौंको समय लाग्छ । हजारौंको प्रयासमा केही मात्र सफल हुन्छन् र संसारमा चिनिन्छन् ।

यहाँ केही यस्ता आविस्कारक वा वैज्ञानिकहरुको आविस्कारको बारेमा छलफल गर्नेछौं जुन संसारको लागि एकदमै उपयोगी बन्यो तर वैज्ञानिक आफ्नै लागि भने मृत्यूको कारण बन्यो ।

म्यारी क्यूरी

Dish_Home

रेडियम र पोलोनियम नामक दुई तत्वको खोज गर्ने चर्चित भौतिकशास्त्री र रसायनशास्त्री म्यारी क्यूरीको मृत्यू उनको आफ्नै आविस्कारको कारण सन् १९३४ मा भएको हो । म्यारी क्यूरी रेडियो एक्टिभिटीमा काम गरिरहेकी थिइन् । तर, उनलाई थाहा थिएन कि रेडियोएक्टिभिटी कति खतरनाक हुन्छ । उनको शरीरमा यसको यति घातक प्रभाव पर्‍यो कि यसैको कारण उनको मृत्यू भयो ।

होरेस लोसन हन्ली

अमेरिकाको समर काउन्टीमा २९ डिसेम्बर १८२३ मा जन्मिएका होरेस लोसन हन्लीले हातबाट चल्ने पनडुब्बीको आविस्कार गरेका थिए । परीक्षणको क्रममा उनको पनडुब्बी समुद्रमा डुब्यो जसमा उनी स्वयम् पनि आफ्नो क्रू-मेम्बर्ससँगै बसेका थिए । त्यही दुर्घटनामा उनको मृत्यू भयो ।

फ्रान्ज रिचेल्ट

अस्ट्रियामा जन्मिएका फ्रान्ज रिचेल्टलाई आधुनिक विंगसुटका आविस्कारक मानिन्छ । उनी यसैको परीक्षणका लागि पेरिसको आइफिल टावरबाट कुद्नेक्रममा उनको मृत्यू भएको थियो । त्यतिबेला उनी केवल ३३ वर्षका मात्र थिए ।

विलियम बुलोक

अमेरिकाका ग्रीनविलेमा जन्मिएका विलियम बुलोकलाई रिचर्ड मार्च होईले बनाएको ‘रोटरी प्रिन्टिङ प्रेस’मा सुधार ल्याउने आविस्कारको रुपमा चिनिन्छ । उनकै कारण प्रिन्टिङ उद्योगमा क्रान्तिकारी परिवर्तन आएको थियो । उनको आफैंले बनाएको प्रिन्टिङ मेसिन मर्मत गर्नेक्रममा त्यसैमा फसेर मृत्यू भयो ।

हेनरी स्मोलिङ्स्की

हेनरी स्मोलिंस्कीलाई उड्ने कार बनाउन चर्चित छन् । १९७३ मा उनले यो आविस्कार गरेका थिए । उक्त कारको नाम उनले एवीई मिजार राखेका थिए । उनी आफ्नो उड्ने कार परीक्षण गर्नेक्रममा कार दुर्घटना भएर मरे ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय