scheduleमगलवार चैत्र २५ गते, २०७६

गोर्खा समाज हङकङको नेतृत्वमा दिलबहादुर गुरुङ


काठमाडौं, २ चैत । गोर्खा समाज हङकङको छैटौं महाधिवेशनले दिल बहादुर गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्ययमा सक्रिय रुपमा लाग्दै आएको गोर्खा समाज हङकङको वरिष्ठ उपाध्यक्षमा चित्रबहादुर थापा, उपाध्यक्षमा मनकाजी श्रेष्ठ, महासचिवमा रविन गुरुङ, सचिवमा काजीमान गुरुङ, कोषाध्यक्षमा शान्ता घले, सहकोषध्यक्षमा प्रसाद गुरुङ चयन भएका छन् ।

महाधिवेशनले प्रवक्तामा शम्भु कार्की र महिला संयोजकमा उर्मिला घले चयन भएका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा पामराज गुरुङ, भिमसेन गुरुङ, नन्द बहादुर राना, धना घले, ईश्वर गुरुङ, याम बहादुर गुरुङ, दिनानाथ बगाले, अमृत गुरुङ, गुमन गुरुङ, गणेश गुरुङ रहेका छन् ।

Dish_Home

नवनिर्वाचित अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमितिले सोमबार नै सपथ ग्रहणका साथै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

निर्वतमान अध्यक्ष गंगा राना लगायत सम्पूर्ण टिमलाई भव्य सम्मानको साथ बिदाई समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिए । गोर्खा समाज हङकङले २०७२ सालमा नेपालमा गएको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त १६ वटा विद्यालय पुनःनिर्माण समेत सहयोग गरेको थियो । समाजले स्वास्थ्य चौकी निर्माण, कलाकारहरुलाई सम्मान तथा अन्य विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय