scheduleशुक्रवार चैत्र २१ गते, २०७६

चिनियाँ राष्ट्रपतिविरुद्ध भारतको अदालतमा मुद्दा

नयाँ दिल्ली, २ चैत । चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको एक अदालतमा मुद्दा दर्ता भएको छ । राष्ट्रपति सीविरुद्ध कोरोना भाइरस फैल्याएको आरोप लगाइएको छ ।

सीसँगै भारतका लागि चिनियाँ राजदूतविरुद्ब पनि भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता गरिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतका लागि चीनका राजदूत सीन वाइडङविरुद्ध अधिवक्ता सुधीर कुमारले दर्ता गरेको मुद्दामा कोरोना फैल्याएको आरोप लगाइएको छ ।

Dish_Home

कोभिड-१९ फैलाएको आरोपमा मुद्दाको सुनुवाइ अप्रिल ११ मा न्यायीक अधिकारीको कार्यालयमा हुने बताइएको छ । अहिलेसम्म भारतमा विदेशीसहित १ सय १७ जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोनाका कारण दुईजना भारतीयले ज्यान गुमाइसकेका छन् । २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण फैलिएर अहिले सय भन्दा बढी राष्ट्रमा फैलिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय