scheduleशुक्रवार चैत्र २१ गते, २०७६

माता पिताको हत्या आरोपमा छोरा पक्राउ परे


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, ३ चैत । शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पतीको हत्यामा उनकै छोराको संलग्नता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न भण्डारीका जेठा २६ वर्षीय छोरा भरतबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ ।

गत फागुन १५ गते ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी घरभित्रै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । प्रहरी समक्ष पक्राउ परेका भण्डारीले मादक पदार्थ सेवन गरी दुवै जनाको हसिया प्रयोग गरी हत्या गरेको बयान दिएका छन् ।

हत्याको संलग्नताको आरोपमा पक्राउ परेका भण्डारी जयलालका जेठी श्रीमतीतर्फका जेठा छोरा हुन् । अंशबण्डा, सम्पत्ति भोगचलन, पारिवारिक झैझगडा र सल्लाहविना सौतेनी आमा भित्र्याएका कारणले बुबा जयलाल र सौतेनी आमा धनाको हत्याका कारण रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

Dish_Home

उनका अनुसार भरत गत फागुन १३ गते सवारी चालक अनुमतिपत्रको परीक्षा दिनका लागि महेन्द्रनगर आएका थिए । परीक्षामा अनुत्तीर्ण भएपछि फागुन १४ गते आफन्तसँग भेटघाट गरी डडेल्धुरा फर्कन कैलालीको गोदावरी पुगेर पुनःकलुवापुरस्थित घरमा फर्केका थिए । राति ८ः३० बजे भरत कलुवापुरस्थित घर पुगेका थिए । घरमा पुगेपछि उनले बुबासँग केहीबेर कुराकानी गरेको त्यसपछि उनका बुबा सुत्न गएपछि सौतेनी आमा धनासँग केहीबेर कुराकानी हुँदा वादविवाद भएको थियो । वादविवादकै क्रममा धना भान्साकोठातिर लागिन् ।

भान्सामा गएकी धनालाई लोरो प्रहार गरी उनले अचेत बनाए । अचेत भएर भूइँमा खसेकी धनालाई तत्कालै हसियाँ प्रहार गरी हत्या गरे । भरतले दिएको बयान उद्धृत गर्दै प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भनेको छ, ‘त्यसपछि बुबा जयलाल सुतेको कोठामा गई उनले सुतेकै अवस्थमा सोही हतियारको प्रयोग गरी बुबासमेत हत्या गरे । सो हतियार लगाएको पञ्जा मोटरसाइलमा राखी भरत पुनःमोटरसाइकल चढेर डडेल्धुरातर्फ लागे ।’

हत्या गर्न प्रयोग गरिएको हतियार र पञ्जा भासुको भिरबाट तल खसालेको र बारदातमा लगाएको कपडा डडेल्धुरास्थित घर नजिकै जलाएको पक्राउ परेका भण्डारीले प्रहरीलाई बताएका छन् । हत्या भएको स्थानमा प्रहरीले मोबाइलको हेडफोन फेला पारेपछि त्यसको अनुसन्धान गर्दा सो हेडफोन भरतकै रहेको खुलेपछि प्रहरीले केरकार गर्दा उनले बुबा आमाको हत्या गरेको स्वीकार गरेका हुन् । भरतकी आमाको स्तन क्यान्सरका कारण मृत्यु भएपछि जयलालले धनालाई भित्र्याएका थिए ।

सौतेनी आमा ल्याएपछि बुबा भरतको सधैँ विवाद हुँदै आएको थियो । विवाद हुन थालेपछि उनीसँग विवाद भएपछि केही वर्षदेखि डडेल्धुराको अमरगढी नगरपालिका– २ जुगेना स्थित पुख्र्यौली घरमा बस्दै आएका. थिए । प्रहरीले भरतलाई चैत २ गते पुख्र्यौली घर डडेल्धुराबाट पक्राउ गरेको हो । हत्या गरिएका भण्डारी दम्पतीका सात महिनाकी एक छोरी रहेकी छन् । छोरीको धनगढीस्ीित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय