scheduleशनिवार आषाढ़ २७ गते, २०७७

कस्ता व्यक्ति बढी घुर्छन् ?

हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।

अझ सजिलोसँग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो  प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ   । स्वासप्रस्वास प्रकृयामा जव त्यहि  (एरो डाईजेष्टिक ट्रयाक)भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।

मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घाँटी) भन्छौँ  । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ  । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्ति बढी घुर्छन ?
–नाकमा समस्या भएका व्यक्तिहरु ।
–तालुको समस्या भएका व्यक्तिहरु ।
–लिगलिगे ( मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय