scheduleमगलवार चैत्र २५ गते, २०७६

थाहा पाइराख्नुहोस् दैनिक जीवनमा आवश्यक यी दश वस्तुको ‘एक्सपाइरी डेट’

एजेन्सी । बजारमा बेच्नका लागि राखिएका हाम्रा दैनिक उपभोग्य अधिकांश सामानहरुको प्रयोग मिति अथवा एक्सपाइरी डेट राखिएको हुन्छ । तर कतिपय सामानहरु यस्ता हुन्छन् जसको एक्सपाइरी डेट सामानमा नराखिएपनि त्यसको प्रयोगको समयसिमाले हाम्रो स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ ।

त्यस्ता वस्तुहरुको प्रयोग मितिलाई ध्यान नदिँदा धेरै समस्या आइरहेको हुन्छ जुन हामी वेवास्ता गर्छौं ।

Dish_Home

टुथब्रस हाम्रो दैनिक जीवनमा आवश्यक वस्तु हो तर हामीलाई थाहा हुँदैन कि त्यसको प्रयोग कति समयसम्म गर्ने भनेर । वास्तवमा एउटा टुथब्रसको प्रयोग समय तीन महिना मात्र हुन्छ । तीन महिनापछि नयाँ टुथब्रस प्रयोग गर्नुपर्छ ।

काँइयो पनि दैनिक प्रयोग हुने वस्तु हो । दैनिक प्रयोग गर्दा त्यो मैलो हुनजान्छ । त्यसलाई हप्तामा एकपटक धुनु पर्छ र प्रत्येक वर्षमा नयाँ लिनुपर्छ ।

महिलाहरुले प्रयोग गर्ने ब्रालाई लामो समयसम्म प्रयोग गर्नाले त्यसको आकार बढ्ने गर्छ र त्यो खुकुलो हुँदै जान्छ । ब्राको प्रयोग समय भनेको एक देखि दुई वर्षसम्म हुन्छ ।

दैनिक बिहान बेलुकी र नुहाइधुवाई गरेपछि शरीर पुछिरहन आवश्यक ताैलियालाई प्रयोग गरेको निश्चित समयपछि परिवर्तन गर्नुपर्छ । ताैलियामा धेरै किटाणुहरु बसेका हुन्छन् । समय-समयमा धोएर त्यसलाई चलाएपछि एक देखि तीन वर्षमा त्यसको प्रयोग बन्द गर्नुपर्छ ।

बच्चालाई फोहोर वस्तु मुखमा राख्न र रुनबाट रोक्नलाई पैसिफायर प्रयोग गरिन्छ । त्यसमा किटाणुको संक्रमण रहने खतरा भएकोले त्यसलाई समय समयमा तातो पानीले धुनुपर्छ । पैसिफायरलाई दुई महिनाभन्दा धेरै समय प्रयोग गर्नुहुँदैन ।

भान्सामा भाँडा कुँडा माझ्नलाई प्रयोग गरिने स्पंजलाई दुई हप्ताभन्दा धेरै समय प्रयोग गर्नुहुँदैन । डिश स्पंजमा भएको वेक्टेरियाले टाइफाइड, फूट पोइजनिङ र पेटमा इन्फेक्सन हुनसक्छ ।

धेरैलाई थाहा हुँदैन चप्पलको पनि कुनै एक्सपाइरी डेट हुन्छ भनेर । चप्पलले चाँडै नै फंगल इन्फेक्सन गराउने हुँदा त्यसलाई ६ महिनाभित्रमा बदल्नुपर्छ ।

घरमा प्रयोग हुने पावर सकेटको बक्समा कुनै पनि एक्सपाइरी डेट लेखिएको हुँदैन तर यसलाई धेरै समयसम्म प्रयोग गरियो भने त्यसले राम्रोसँग काम गर्नसक्दैन । यसलाई चारदेखि पाँच वर्षभन्दा धेरै समय प्रयोग गर्नु हुँदैन ।

रनिङ सुजलाई धेरै समयसम्म प्रयोग गर्नाले त्यसको सुल घटेर खुट्टामा जोड पर्नसक्छ । यसकारण त्यसको प्रयोग एकवर्षभन्दा धेरै समय गर्नुहुन्न ।

सिरानी जति पुरानो भएपनि मानिसहरु त्यसलाई धोएर प्रयोग गरिरहन्छन् । तर सिरानीलाई लामो समयसम्म प्रयोग गर्नाले त्यसको आकारमा परिवर्तन आउँछ र गर्दनमा पीडा हुने समस्या देखा पर्छ । यसको प्रयोग दुई तीन वर्षभन्दा धेरै गर्नुहुँदैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय