scheduleमगलवार चैत्र २५ गते, २०७६

के तपाईको जीवनमा पनि देखा पर्दैछन् शुभ समयका यी पाँच संकेत ?

जीवनमा कहिले काँही अगाडि बढ्ने अवसरहरु प्राप्त भैरहेको हुन्छ । तर त्यसलाई नचिनेर र विचार नगरी निर्णय गर्दा हामी मूर्खता देखाइरहेका हुन्छाै‌ं । तर हाम्रो जीवनमा अनुकूल समयको सुरुवात हुन लाग्दैछ भन्नेबारे त्यसलाई पहिचान गर्ने संकेतहरु हामीले पाइरहेका हुन्छौं ।

विज्ञानले प्रमाणित नगरेका कतिपय विषयहरु हुन्छन् जुन हाम्रा पुर्खाहरुले आफ्नो जीवनव्यवहारमा भोगेका सिकाईहरु पुस्तान्तरण हुँदै हामीसम्म प्रचलनको रुपमा आइरहेका हुन्छन् । कतिपय प्रचलनसँगै अन्धविश्वास पनि मिसिएर आएको हुन्छ । त्यस्ता अन्धविश्वासहरुलाई छुट्याउन सकियो भने कतिपय प्रचलनहरु सिकाईपूर्ण हुनसक्छन् ।

Dish_Home

त्यस्ता संकेतलाई पहिचान गर्‍यौं भने हामीले त्यस्तो समयको फल पाउन तयारीका साथ बस्न सक्छौं । त्यस्ता केही संकेतहरुबारे तल बताइएको छ ।

सामान्यतय मानिसहरु बिहान उठेपछि आफ्नो अनुहार ऐनामा हेर्ने गर्छन् । तर यदि तपाईले उठेर ऐना हेर्दा आफ्नो अनुहारमा अन्य दिनभन्दा धेरै चमक र प्रसन्नता देख्नुभयो भने त्यस दिनमा गरिने तपाईका प्रत्येक काम सफल हुन्छन् ।

परिवारका कुनैपनि सदस्यलाई बिहानै धन प्राप्ति हुन्छ भने त्यो तपाईको शुभ समय चलिरहेको छ भन्ने संकेत हो । यस्तो अवस्थामा तपाईको प्रत्येक कामबाट सफलता साथै धन लाभ हुनसक्छ ।

कहिले काँही अनुकूल समयको संकेत पशुप्राणीबाट पनि प्राप्त हुनसक्छ । यदि कुनै पनि बिरालोले घरमा बच्चा जन्मायो भने त्यो एकदमै शुभ संकेत मानिन्छ । साथै यदि कुनै पनि बाँदरले आँपको कोया घरभित्र झार्‍यो भने त्यसले तपाईको राम्रो समय शुरु हुन लागेको संकेत दिन्छ ।

यदि शरीरको कुनै पनि अंग फर्फराउन थाल्यो भने त्यो पनि सुखद समयको सुरुवाती संकेत हो ।

पाँचौं संकेत यदि तपाईको खर्च असामान्य तरिकाले बढेको छ तर पनि तपाईको हातमा पैसा टुट्दैन र मनको व्याकुलता रहँदैन भने त्यो पनि शुभ संकेत हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय