scheduleमगलवार चैत्र २५ गते, २०७६

पाण्डवले यसकारण बनाएका थिए द्रौपदीसँग समय बिताउने अनौठो नियम

शास्त्रमा महाभारतलाई पाँचौं वेद पनि भनिन्छ । यसको रचनाकार महर्षि कृष्णद्वैपायन वेदव्यास हुन् । उक्त ग्रन्थमा कुल एक लाख श्लोक छन् । यहाँ हामी उक्त ग्रन्थबारे केही रोचक जानकारी प्रस्तुत गर्दैछौं ।

पाण्डवले द्रौपदीका लागि बनाएका थिए यी नियम-
द्रौपदीसँग विवाह भएपछि एक दिन नारदमुनि पाण्डवसँग मिल्न आए । उनले पाण्डवहरुसँग भने- प्राचिन समयमा सुण्ड-उपसुण्ड नामक दुई राक्षस दाजुभाइ थिए । उनीहरुले आफ्नो पराक्रमबाट देवतासँग पनि युद्ध जितेका थिए । तर, एक युवतीका कारण उनीहरुबीच फुट आयो र दुवैले एकअर्काको बध गरेका थिए । यस्तो अवस्था तपाईंहरुबीच पनि आउन सक्छ । त्यसकारण केही नियम बनाउनुहोस् ।

Dish_Home

त्यसपछि झस्किएका पाण्डव दाजुभाइले द्रौपदीका लागि एक नियम बनाए । उनीहरुले एउटा निश्चित समयसम्म द्रौपदी केवल एक भाइसँग रहनेछिन् । जब एक भाइ द्रौपदीसँग एकान्तमा हुन्छन्, त्यतिबेला अर्को भाइ आउनेछैन । यदि कुनै भाइले यो नियम उल्लंघन गरेमा उसले ब्रह्मचारी भएर १२ वर्षसम्म जंगलमा रहनुपर्नेछ ।

१. पाण्डवसँग द्रौपदीसँगै अरु पत्नीहरु पनि थिए । युधिष्ठिरकी पत्नीको नाम देविका थियो र उनको छोराको नाम यौधेय थियो । नकुलकी पत्नीको नाम करेणुमतीसँग निरमित्र र सहदेवकी पत्नी विजयाको गर्भबाट सुहोत्र नामक पुत्र जन्मिएका थिए ।

२. भीमसेनसँग दुई पत्नी थिए । पहिली पत्नी हिडिंबा र दोस्री काशीराजकी पुत्री बलंधरा । हिडिंबाका छोरा घटोत्कच र बलंधराका पुत्रको नाम सर्वग थियो ।

३. अर्जुनले श्रीकृष्णकी बहिनी सुभद्रा, नागकन्या उलूपी 3. अर्जुन ने श्रीकृष्ण की बहन सुभद्रा, नागकन्या उलूपी र मणिपुरकी राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए । अर्जुनबाट सुभद्रा र अभिमन्यु, उलूपीबाट इडावान र चित्रांगदाबाट बभ्रूवाहन नामका छोरा जन्मिएका थिए ।

४. द्रौपदीको पाँच पाण्डवको तर्फबाट एक-एक पुत्र थिए । युथिष्ठिरको छोराको नाम प्रतिविन्ध्य, भीमको पुत्रको नाम सुतसोम, अर्जुनको पुत्रको नाम श्रुतकर्मा, नकुलको पुत्रको नाम शतानीक तथा सहदेवको पुत्रको नाम श्रुतसेन थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय