scheduleमगलवार चैत्र २५ गते, २०७६

तपाईंलाई थाहा छ जिन्सको मिनिपकेट र बटनको रहस्य !

जिन्सको पकेटमा भएको एउटा सानो पकेटलाई सबैले देखेका हुन्छन् तर त्यसको प्रयोजन स्टाइलमा मात्र सीमित हुन्छ भन्ने धेरैमा भ्रम छ । प्रयोग हदैसम्म गर्नेले सिक्का पैसाहरु त्यसमा राख्ने गर्छन् । पहिलोपटक सन् १८७३ मा लिवाइज जिन्समा त्यस्तो मिनि पकेट राखेको पाइएको थियो । त्यसपछि पकेटवाला घडी फेसनमा आएपछि त्यसलाई राख्नका लागि उक्त पकेट डिजाइन गरिएको थियो । तर, अहिले पकेट घडी नहुँदा त्यस्तो मिनि पकेट प्रयोगहिन  बनेको छ ।

Dish_Home

हवाई जहाजको झ्यालमा जुन सिसा लगाइएको हुन्छ वास्तवमा त्यो प्लास्टिकको हुन्छ । त्यो दुई लेयर प्लास्टिकको हुन्छ । त्यसको तल्लो भागमा एउटा सानो प्वाल देखिन्छ । त्यसो प्रयोजनबारे सुन्दा तपाई चकित हुनसक्नु हुन्छ । त्यो सानो प्वालको काम भनेको त्यसले प्लास्टिक लेयरको बीचमा प्रेसरलाई सन्तुलित राख्छ जसले गर्दा प्लेन र यात्रुहरु सुरक्षित रहन्छन् ।

जुत्तामा हुने प्वालहरुलाई हामी स्टाइलका लागि कम्पनीको ब्राण्ड पोलिसि मान्छौं । तर यो गलत बुझाइ हो । त्यस्ता प्वालहरु यसकारण बनाइन्छन् कि जूत्ता हाम्रो खुट्टाहरुमा फिट भएर बस्न सकुन् । साथै दौडिने समयमा हाम्रो एन्कलसँग जुत्ता नरगडियोस् ।

कलमको टोपिमा हुने प्वाललाई हामी बजाउनका लागि प्रयोग गर्छौं र त्यसको प्रयोजनको अर्थ हाम्रो लागि त्यत्तिमै सिमित छ । तर त्यसको काम भनेको त्यो कलमको नाक हो जहाँबाट कलमभित्र हावाको आवत जावत हुन्छ ।

जिन्सको पकेटमा भएका बटनहरुको नाम रिवेट्स हो । पकेटको छेउछाउ धेरै सिलाईहरु हुन्छन् र त्यसलाई पकडने एउटा आधारको आवश्यकता हुन्छ । पकेटको सिलाईलाई मजबूत बनाउन र त्यसलाई फाँट्न नदिन ती बटनहरुले काम गर्छन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय