जब आलियाको जन्मदिनमा अर्जुन र मलैका पनि सँगसँगै पुगे
काठमाडौँ, ४ चैत । बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो आलिया भट्ट र रनवीर कपुर । मार्च १५ मा जन्मदिन मनाउन यो जोडी न्युर्योक पुगेको थियो । आलियाले आफ्नो २७ औँ जन्मदिन मनाउन रनविरलाई अमेरिका लिएर गएको बताइएको छ ।
यसै क्रममा उनीहरुको भेट मलैका अरोरा र अर्जुन कपुरसँग भएको थियो ।
उक्त समय खिचिएको एउटा तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल भइराखेको छ ।
आलिया र रनवीरको सम्बन्ध चर्चामा रहेको थियो भने मलैका र अर्जुन पनि उत्तिकै चर्चा र विवादमा रहेका छन् ।
यी दुई जोडीको तस्बिर भाइरल भएसँगै विभिन्न टिप्पणी भएका छन् ।