scheduleसोमवार चैत्र २४ गते, २०७६

चीनमा बाँदरलाई संक्रमित गराएर कोरोना भाइरससँग लड्न सक्ने एन्टिबडी विकास

एजेन्सी, ४ चैत । चीनका वैज्ञानिकहरुले  प्रयोगशालामा केही बाँदरमा कोरोना भाइरस संक्रमित गरेका छन् ।

समाचार अनुसार कोरोना भाइरस संक्रमित गरिएका बाँदरको शरीरमा भाइरसविरुद्ध रोग प्रतिरोधी क्षमता विकास भएको वैज्ञानिकहरुले बताएका छन् ।

Dish_Home

बाँदरको शरीरमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता विकास भएसँगै खोप विकास गर्न सकिने भएको छ । बाँदरको शरीरबाट एन्टिबडी निकालेर कोरोनाको विकास गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

बाँदरमा झैं मानिसले पनि रोगसँग लड्न सक्ने विकास गर्न सक्ने बताइएको छ । एन्टिबडी त्यस्तो तत्व हो जसले बाहिरबाट शरीरमा हुने ब्याक्टेरिया र भाइरसको हमलाबाट बचाउँछ ।

चिनियाँ वैज्ञानिकहरुले बाँदरबाट निकालिएको एन्टिबडी मानिसमा १ महिनाभित्र परीक्षण गरिने पनि बताएका छन् ।

यति मात्रै होइन, कोरोनाबाट निको भएका मानिसको शरीरबाट एन्टिबडी निकालेर कोभिड-१९ विरुद्धको खोप बनाउने तयारी पनि चीनका वैज्ञानिकहरुले गरिरहेका छन् ।

चीनमा हालसम्म ७५ हजार मानिस कोरोना भाइरसबाट निको भइसकेका छन् । निको भएका मानिसको शरीरबाट एन्टिबडी निकालेर कोरोनाको खोप विकास गरिने भएको छ ।

त्यस्तै बाँदरको शरीरबाट निकालिएको एन्टिबडी र मानिसको शरीरबाट निकालिएको एन्टिबडी मिलाएर के कति समानता छ भनेर पनि हेरिने भएको छ ।

हाल विश्वभर फैलिएको कोरोनाबाट १ लाख ७० हजार ७ सय ४० जना संक्रमित भइसकेका छन् । त्यस्तै ६ हजार ६ सय ८७ जनाको ज्यान गइसकेको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय