scheduleमगलवार चैत्र २५ गते, २०७६

प्रदेश २ : नाम र स्थायी राजधानी आज तोकिने

काठमाडाैं, ४ चैत ।  प्रदेश २ को नाम र स्थायी राजधानीका लागि आज मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवले नाम र राजधानीको टुङ्गो गोप्य मतदानबाट लगाउने बताए ।

मतदान सुरु हुनुअघि सांसदहरूलाई बोल्न दिइने उनको भनाइ छ । छलफल सकिएलगत्तै मतदान हुने र यसका लागि सबै तयारी भइसकेको सभामुख यादवले जानकारी दिए । प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै बनाउने विषयमा यसअघि नै सहमति भइसकेको छ । प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् ।

Dish_Home

सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् । प्रदेश २ मा कुल १ सय ७ सांसद छन् ।

सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र सङ्घीय समाजवादीको एक सिट छ । नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय