scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सुदुरपश्चिम प्रदेशका २ जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौँ,  ४ चैत ।  सुदुरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुर जिल्लामा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज मंगलबार  राना थारु समुदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’ को अवसरमा प्रदेश सरकारले  सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ- ‘उक्त दिन कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिने भनेर फागुन २९ गते नै प्रदेश सरकारबाट निर्णय भएको जानकारी गराउदछौँ ।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय