scheduleशुक्रवार चैत्र २१ गते, २०७६

हनिमुनभन्दा अगाडि नै श्रीमतिको अश्लील भिडियो भेटिएपछि …


बैंग्लोर, ३ चैत । भारतको कर्नाटकको राजधानी बैंग्लोरमा एक नवविवाहित वरले हनिमुनको केही समय अगाडि श्रीमतिको अश्लील भिडियो फेला पारेका छन् । स्तब्ध हुँदै उनी प्रहरीकोमा पुगे । प्रहरीले तत्काल नववरको पत्नीका प्रेमिकालाई गिरफ्तार गरेको छ ।

सुब्रमण्यनगर निवासी सन्देश (नाम परिवर्तन)का अनुसार उनको गत २४ नोभेम्बरमा एक युवतीसँग विवाह भयो । विवाहअघि उनको सगाई पनि भएको थियो । सन्देश एक प्राइभेट कम्पनीमा काम गर्छन् भने उनकी नवविवाहिता पत्नी सरकारी कर्मचारी हुन् ।

सन्देशका अनुसार उनले इङ्गेजमेन्ट र विवाहका लागि झण्डै १५ लाख खर्च गरे । उनीहरुको हनिमून डिसेम्बर १५ को लागि तय भयो । सन्देश भन्छन्, ‘१३ डिसेम्बरको राति मैले पत्नीको फेसबुक म्यासेन्जरमा अश्लील हर्कत भइरहेको तस्बिर भेटेँ । तस्बिरसँगै एउटा फोन नम्बर पनि थियो । मैले फोन गरेपछि उसले आफ्नो परिचय दियो ।’

Dish_Home

ती युवकले आफूहरु ७ वर्षदेखि सम्बन्धमा रहेको र विवाहको इङ्गेजमेन्ट पछि पनि ती युवतीले आफूसँग सम्बन्ध राखेको बताएपछि सन्देश थप स्तब्ध बने ।

सन्देशले अगाडि थपे, ‘लगत्तै ती युवकले मलाई अश्लील भिडियो पठाए, जसमा मेरी पत्नी र ती युवकको अश्लील गतिविधि समेटिएको थियो । लगत्तै मैले १० र १२ डिसेम्बर राति उनीहरुबीच भएको कुराकानीको ह्वाट्सऐप सन्देशको स्क्रिनशट पनि पाएँ ।’

एक म्यासेजमा युवतीले रमेश आफूलाई एकदम मन पर्ने बताएकी थिइन् । युवतीले आफ्नो पतिलाई प्रहरीकोमा गए आत्महत्या गर्ने धम्की दिएकी थिइन् । युवतीको मामाले पनि युवतीले सन्देशको कारण आत्महत्या गर्न लागेको भन्दै उल्टै सन्देशको विरुद्ध प्रहरीकोमा जाने धम्की दिएका थिए ।

सन्देशको बयानअनुसार प्रहरीले विश्वासको उल्लंघन र आपराधिक धम्कीको कानूनअन्तर्गत मुद्दा गरेका छन् । प्रहरी अधिकारी भन्छन्, ‘यो एक पेचिलो मुद्दा हो । किनकी हामीसँग जाँचबुझ गर्ने धेरै स्वतन्त्रता छैन । तस्बिर र भिडियोमाथि परीक्षण गरेर सन्देशलाई युवतीले धोका दिएको पुष्टि गर्नुपर्ने हुन्छ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय