scheduleमगलवार चैत्र २५ गते, २०७६

प्रदेश २ मतदान : नाम ‘जानकी’ राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

जनकपुर, ४ चैत । प्रदेश २ को नाम जानकी राख्‍ने नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशको नाम ‘जानकी’ राख्‍ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ । मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए । प्रदेशसभामा नेकपाका ३२ सांसद छन्।

नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्ताव ‘मिथिला भोजपुरा’ माथि मतदान हुनेछ।

Dish_Home

मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्ने प्रावधान रहेको छ ।   प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन्।

दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ। नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय