scheduleसोमवार चैत्र २४ गते, २०७६

रक्तसमूह ‘ए’ भएकालाई कोरोना संक्रमणको जोखिम उच्चः अनुसन्धान


एजेन्सी, ३ चैत । चीनमा कोरोना संक्रमित भएकाहरुको रिपोर्टहरुमाथि गरिएको अनुसन्धानले केही अनौठा र रोचक तथ्यहरु उजागर गरेको छ । अध्ययनको प्रारम्भिक निष्कर्षले रक्तसमूह ‘ए’ भएका मानिसहरुलाई कोरोना संक्रमणको जोखिम उच्च हुने देखिएको छ । त्यसै रक्त समूह ओ भएको मानिसले कोरोनाविरुद्ध प्रतिरोधात्मक क्षमता अत्यधिक रहेको पाइएको छ ।

चीनमा शोधकर्ताहरुले कोरोनाको इपिसेन्टर वुहानका साथै शेनझेनमा भाइरस संक्रमित २ हजार भन्दा बढी रोगीहरुको रक्त समूहको ‘प्याटर्न’लाई विश्लेषण गरिएको चाइना साउथ मर्निङ पोस्टले खबर लेखेको छ । त्यसलाई स्वस्थ मानिसहरुको जनसंख्यासँग तुलना गरेर हेरिएको थियो । अध्ययनको क्रममा रक्त प्रकार ए भएका मानिसहरुमा कोरोनाको संक्रमण उच्च देखिएको छ भने उनीहरुमा कोरोना उत्कर्षसम्म पुगेको देखिएको छ ।

यद्यपि, स्वास्थ्य शोधकर्ताहरुले अध्ययन प्रारम्भिक भएकोले यसमा थप काम गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले कोरोना नियन्त्रणमा प्रयास गरिरहेका निकायहरुलाई रक्त समूहको आधारमा आफ्ना कार्यक्रमहरु अगाडि बढाउन सुझाव दिएका छन् ।

Dish_Home

‘रक्त समूह ए भएका मानिसलाई संक्रमणको सम्भावना बढी हुने भएकोले विशेषरुपमा व्यक्तिगत सुरक्षा र सावधानीको आवश्यकता पर्न सक्छ,’ वुहान विश्वविद्यालयका झोंगनान अस्पतालमा सेन्टर फर इभिडेन्स-बेस्ड एण्ड ट्रान्सलेशनल मेडिसिनका शोधकर्ताले निष्कर्ष प्रस्तुत गर्दै भनेका छन् ।

अनुसन्धानको नेतृत्व गरिरहेका वाङले लेखेका छन्, ‘ब्लड ग्रुप ए भएका कोरोना संक्रमित बिरामीलाई अत्यधिक सतर्कता र निगरानीका साथै उपचार गर्नुपर्ने आवश्यकता हुन्छ ।’

मार्च ११ मा मेड्रिक्सविमा प्रकाशित अनुसन्धानमा निष्कर्षमा भनिएको छ, ‘यसको विपरित रक्त समूह ओ भएका मानिसलाई गैर ओ समूहभन्दा जोखिम उल्लेख्यरुपमा कम हुन्छ ।’

वुहानमा कोरोना भाइरसबाट मर्ने २०६ रोगीमा ८५ जनाको रक्त समूह ए थियो । यो नतिजा ओ रक्त समूह भएको भन्दा ६३ प्रतिशत अधिक हो । यो अध्ययनमा फरक फरक उमेर समूह र लिंगका मानिसहरु समावेश गरिएका थिए ।

उक्त अध्ययनमा बेइजिङ, वुहान, शांघाई र शेन्जेनसहित चीनका विभिन्न शहरका वैज्ञानिकहरु र चिकित्सकहरुले गरेका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय