scheduleमगलवार चैत्र २५ गते, २०७६

प्रदेश २ ले नाम पाएन, नेकपा-कांग्रेस सांसदले ह्वीप नमान्दा नि दुईतिहाई बहुमत पुगेन


जनकपुर, ३ चैत । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको मतदानले कुनै नतिजा दिन सकेन । मतदानको क्रममा दुई तिहाई बहुमत पुग्न नसकेपछि सत्तारुढ राजपा र समाजवादी पार्टीले राखेको प्रस्ताव अस्वीकृत भएको छ । सत्तारुढ दलले राखेको ‘मधेस प्रदेश’ को प्रस्ताव दुई तिहाई बहुमत पुर्‍याउन नसक्दा अस्वीकृत भएको हो ।

उक्त प्रस्तावको पक्षमा ६० मत खसेको थियो भने विपक्षमा ४६ मत खसेको थियो । एक मत बदर भएको छ । विपक्षमा मतदान गर्न नेकपा र कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपनि ४ सांसदले भने ह्वीप मानेनन् । उनीहरुले मधेस प्रदेशको पक्षमा मतदान गरे ।

मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए । ४ मत कांग्रेस र नेकपाका सांसदले खसालेका थिए । यद्यपि, ती चार भोट सबै कांग्रेस वा सबै नेकपाको पनि हुनसक्छ ।

Dish_Home

यसअघि नेकपा, कांग्रेस र बारा-पर्साका सांसदले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाले प्रदेशको नाम ‘जानकी’, कांग्रेसले ‘मिथिला-भोजपुरा’ र बारा-पर्साका सांसदले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए ।

संवैधानिक व्यवस्थाहरु सबै प्रस्तावहरु अस्वीकृत भएसँगै अब प्रदेश नामांकनका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय