scheduleआइतवार आषाढ़ २८ गते, २०७७

रक्तचापलाई नियन्त्रण गर्न यसरी अभ्यास गर्नुहोस् (अग्निशक्ति मुद्रा)

एजेन्सी । न्यून रक्तचापको कारण शरीरमा रगतको चाप कम हुन्छ । यसले गर्दा शरीरका सम्पूर्ण अंगहरुमा राम्ररी रगत सञ्चार हुनसक्दैन र ती अंग आफ्नो काम गर्न असक्षम हुन्छन् । यस्तो अवस्थामा मुटु, मृगौला, फोक्सो र मस्तिष्कले आंशिक वा पूर्णरुपमा काम गर्न बन्द गर्छन् ।

सामान्य अवस्थामा रक्तचाप १२०/८० हुन्छ । सामान्य तनाव र शारीरिक अभ्यासले कहिलेकाँही रक्तचापमा तलमाथि हुने खासै फरक पर्दैन तर जब त्यो ९० भन्दा कम झर्छ तब त्यो न्युन रक्तचाप हुन्छ ।

शरीरमा रक्तसञ्चार असामान्य भएपछि टाउको दुख्ने, कमजोरी महसुस हुने, रिंगाटा लाग्ने जस्ता समस्याहरु देखा पर्छन् । रक्तचाप असामान्य भएपछि त्यसले मुटु, फोक्सो र मस्तिष्कको कार्यक्षमतालाई प्रभावित पार्छ ।

योग विज्ञानको अनुसार शरीरमा न्यून रक्तचाप अग्नितत्वको असन्तुलनले गर्दा हुन्छ ।

अग्निशक्ति मुद्राले यसलाई सन्तुलिन र नियन्त्रणमा राख्छ । सूर्योदयभन्दा अघि यो मुद्रा गर्नाले निकै चाँडो यसले प्रभाव देखाउन शुरु गर्छ ।

यो मुद्रामा बस्नका लागि साधकले दुवै हातका बुढी औला अलावा सबै औंलाहरुको मुठ्ठी बनाउनुपर्छ र दुवै हातका औलाहरुको अग्रभागलाई आपसमा मिलाउनुहोस् । हत्केलाको दिशा तलतिर हुनुपर्छ । दैनिक लामो-लामो स्वाशको साथ यस मुद्रालाई १५ देखि ४५ मिनेटसम्म गर्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय