scheduleशनिवार आषाढ़ २७ गते, २०७७

मान्छेलाई थाहा छ ? मोटोपनाले भन्दा एक्लोपनाले चाँडै मार्छ

संसारमा कोही मानिस पनि एक्लो जीवन बिताउन चाहँदैन चाहे ऊ अन्तरमूखी नै किन नहोस् । तर सात अर्ब ६० करोड करिब जनसंख्या रहेको यो विश्वमा आज कति धेरै मानिसहरु एक्लो जीवन बिताइरहेका छन् ।

विश्वका स्वास्थ्य सतेचक तथा विज्ञहरुले एक्लोपनालाई मोटापनाभन्दा धेरै घातक रहेको र यसलाई सार्वजनिक स्वास्थ्य खतराको रुपमा हेरिनुपर्ने बताएका छन् । एक्लोपनामाथि गरिएको एक समीक्षाले व्यस्त सामाजिक जीवन भएका मानिसहरुको तुलनामा खराब सामाजिक सम्पर्क भएको मानिसहरुलाई चाँडो मृत्युको खतरा हुने निश्कर्ष निकालेको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुले एक्लोपनालेसँग सम्बन्धित स्वास्थ्य समस्यामाथि गरिएका २१८ वटा अनुसन्धानलाई विश्लेषण गर्ने क्रममा अचम्मको निश्कर्ष निकालेका छन् । त्यस विश्लेषणले एक्लोपनाले मोटोपनाले भन्दा ५० प्रतिशत बढी मानिसको जीवनमा मृत्युको खतरा बढाउने देखाएको छ ।

ब्रिगहाम विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक तथा अनुसन्धानका प्रमुख लेखक रहेकी डा जुलियाने होल्ट लन्सट्याडले सम्पर्कमा रहनु मानिसको आधारभूत आवश्यकता भएको बताएकी छिन् ।

उनी भन्छिन्, ‘यस अघिका अध्ययनहरुले मानव सम्पर्क स्थापित गर्न नसक्ने शिशुहरु राम्ररी विकास हुन असफल रहने वा मृत्यु हुने देखाएको छ । धेरै देशहरुमा सामाजिक एक्लोपनालाई सजायको रुपमा प्रयोग गरिन्छ । तर अमेरिका जस्तो मुलुक अझै निरन्तर रुपमा एक्लोपना अनुभव गरिरहेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय