scheduleबिहिवार चैत्र २० गते, २०७६

कोरोना कारण फिल्म अंग्रेजी मिडियमलाई नमिठो झट्का

काठमाडौँ, ५ चैत । गएको हप्ता रिलिज भएको फिल्म अंग्रेजी मिडियमले बक्स अफिसमा एक सातामा जम्मा ९ करोड कमाई गर्न सफल भएको छ । कोरोना भाइरसको त्रास बढेसँगै फिल्मको कमाईमा पनि नराम्रो असर परेको छ ।

फिल्मले समिक्षकहरुबाट राम्रो रिभ्यु पाएको थियो । तर, कोरोना भाइरसका कारण फिल्म हेर्न दर्शक नै हलमा नगएपछि फिल्मलाई बक्स अफिसमा नमिठो झट्का लागेको छ ।

Dish_Home

यस फिल्मले एक सातामा लगभग ५० करोड कमाई गर्ने अपेक्षा गरिएको थियो ।

तर, भाइरसका कारण फिल्मलाई घाटा नै लाग्ने अवस्था देखिएको छ ।

इरफान खानको मुख्य भुमिका रहेको यस फिल्ममा करिना कपुर, दिपक डोब्रियाल र राधिका मदनको पनि भुमिका रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय