scheduleआइतवार चैत्र २३ गते, २०७६

रोकियो कमेडी च्याम्पियनको वर्ल्ड टुर


सिड्नी, ५ चैत । विश्वभर महामारीको प्रकोप लिइरहेको कोरोना भाइरसको संक्रमणको कारण कमेडी च्याम्पियनको विश्व यात्रा स्थगित भएको छ ।

डेस्टिनेसन फाउण्डेशन एजुकेसन एण्ड भिसा सर्भिसेसले व्यवस्थापन गरेको र रेस्ट रियल स्टेटले प्रायोजन गरेको नेपालमा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आईरहेको नेपालको चर्चित रियालिटि शो कमेडि च्याम्पियनको विश्व टुर हाललाई स्थगित गरिएको वर्ल्ड टुर म्यानेजर सन्तोष आचार्यले जानकारी दिए ।

कमेडी च्याम्पियन सिजन-१ को विश्व यात्रा कोरोनाको महामारीबाट विश्व समुदाय मुक्त भएपछि सञ्चालन गरिने आचार्यले जानकारी दिए । ‘कोरोना संक्रमणको अवस्थामा नियन्त्रण आएपछि हामी नयाँ तालिकासहित विश्वभरी नेपालीका माझ कमेडी च्याम्पियनको शो लिएर आउनेछौं,’ आचार्यले भने ।

Dish_Home

अस्ट्रेलियामा अप्रिल ११ बाट हुने कार्यक्रम समेत स्थगित भएको उनले जानकारी दिए ।

कमेडी च्याम्पिएनका एक जज मनोज गजुरलले पनि विश्व यात्रा स्थगित गरिएको जानकारी दिएका छन् । ‘कमेडी च्याम्पियन’को यात्रा सकिएको होईन, रोकिएको मात्र हो । हिमेश, खबपु, दले, सुमन, मेक्सम सहितको हाम्रो विश्वयात्रा : कोरोनाको कहर अन्त्य भएपछि पुन: शुरु हुनेछ । अहिलेलाई जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित हुनुहोस् । आश्वस्त, विश्वस्त र स्वस्थ रहनुहोस्,’ गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय