scheduleशुक्रवार चैत्र २१ गते, २०७६

कोरोना भगाउने भन्दै ५०० रुपैयाँ प्रतिलिटर गौमुत्र बेच्ने अली गिरफ्तार


बंगाल, ५ चैत । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस नियन्त्रणको नाममा सामाजिक सञ्जालमा विभिन्न भ्रमणहरु फैलिरहेको छ । भनिन्छ, सत्यले जुत्ता लगाउँदै गर्दा झूटले एकपटक संसार परिक्रम गरिसक्छ ।

अहिले यही भनाई पुष्टि भइरहेको छ । भारतको बंगालका माबुद अली नाम गरेका एक मुस्लिम युवक यस्तै प्रकरणमा पक्राउ परेका छन् । उनले कोरोना भगाउने नाममा गौमुत्रलाई प्रतिलिटर ५०० रुपैयाँमा बेचिरहेको खबरको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

अलीले दिल्ली र कलकत्तालाई जोड्ने राष्ट्रिय राजमार्गको को १९ नम्बरमा टेबलमा गोबरको प्याकेट र जारमा गौमुत्र बेचिरहेको अवस्थामा पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

Dish_Home

केहीदिन अघि भारतमा गौमुत्र पार्टी आयोजना गरिएको खबर सार्वजनिक भएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय