scheduleआइतवार चैत्र २३ गते, २०७६

८५ हजार ७६९ कोरोना संक्रमित बिरामी निको भएर घर फर्किए


जेनेभा, ६ चैत । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी २ लाख २० हजार १९९ जना कोृरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् । एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ ।

Dish_Home

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

बिहीबार देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको जनाइएको छ ।

चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन् । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी चीन हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।

हाल चीनमा कोरोना भाइरसको सङ्क्रमणका नयाँ घटना अधिकांश बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका जनाइएको छ ।

कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् । यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन् ।

सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए । एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय