scheduleआइतवार चैत्र २३ गते, २०७६

अमेरिकन अनुसन्धानको निष्कर्ष- ‘प्रयोगशालामा होइन, प्रकृतिबाटै आएको हो कोरोना भाइरस’


न्यूयोर्क, ६ चैत । अमेरिकामा स्क्रिप्स अनुसन्धान संस्थानसहित अन्य संस्थाहरुका वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट कोरोना भाइरस प्रयोगशालाबाट नभएर प्रकृतिबाटै आएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

रिपोर्टमा चिनियाँ अधिकारीहरुले यो महामारीले पहिलादेखि नै चिन्ने उल्लेख गरिएको छ । कोभिड-१९ को संक्रमण तीव्ररुपमा फैलिइरहेको छ । यो भाइरस एउटा व्यक्तिको शरीरमा गएपछि अर्को व्यक्तिको शरीरमा सजिलै फैलन सक्छ ।

भाइरसले स्पाइक प्रोटिन उत्पादन गर्छ । यसले हुकजस्तो गरी मानव शरीरको कोशिकाहरुलाई कुनै चिसो पेय पदार्थको क्यानजस्तै खोलेर त्यहाँ प्रभाव जमाउँछ ।

Dish_Home

यस्तो स्पाइक प्रोटिनलाई कुनै प्रयोगशालामा जेनेटिक इन्जिनियरिङबाट विकसित गर्न सम्भव नभएको अनुसन्धानबाट खुलेको छ । यो विज्ञानको लोकप्रिय प्राकृतिक छनौटको सिद्धान्तअनुसार विकास हुन्छ । यो अहिलेसम्म पत्ता लगाएका कुनै पनि भाइरसको संरचनासँग नमिल्ने प्रकारको छ ।

उक्त अनुसन्धानको निष्कर्षले कोरोनाबारे फैलाइएको विभिन्न प्रोपोगण्डा र भ्रमलाई खण्डन गरेको छ । यसअघि चीन वा अमेरिकाले यो भाइरस ल्याबमा विकास गरेको जस्ता हल्ला फिंजाइने गरिएको थियो ।

खासगरी अमेरिकाले चीनलाई यो भाइरस फैल्याएको आरोप लगाइरहेको छ । अमेरिकामै गरिएको यो अनुसन्धानले अमेरिकाकै आरोपको खण्डन भएको छ ।

वैज्ञानिकहरु कोरोना संक्रमणको सुरुवातमै भनेका थिए कि यो भाइरस वन्यजन्तुलाई खानाले कुनै चिनियाँ नागरिकसम्म आइपुगेको र अन्य मानिसमा बिस्तारै फैलिएको बताएका थिए ।

यो भाइरस सुरुमा कुनै जीवमा प्राकृतिक छनौटको तरिकाबाट विकसित भएको र बिस्तारै मानिसको संक्रमणमा आएको र तदनुरुप विकास भएको अनुसन्धानको निष्कर्ष छ ।

वैज्ञानिकहरुका अनुसार कोरोनासँग मिल्दोजुल्दो भाइरस सालक भन्ने जीवमा हुन्छ । मानिसहरुले यसलाई खान्छन् । त्यो भाइरस मानिसमा आउँछ र बिस्तारै प्राकृतिक छनौटको सिद्धान्तअनसार यसले स्पाइक प्रोटिन बनाउन सिक्छ र मानव कोशिकासम्म पुग्ने क्षमता विकास गर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय