scheduleसोमवार चैत्र १७ गते, २०७६

नगरप्रमुख साहलाई प्रचण्डले नेकपामा भित्र्याए


कपिलवस्तु ६ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेकपामा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा स्वातन्त्रबाट नगरप्रमुख निर्वाचित भएका साहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मातृकाप्रसाद यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा प्रवेश गराई स्वागत गरेका हुन् । साहसँगै कृष्णनगरका युवा व्यवसायी इस्लाम खान पनि नेकपामा प्रवेश गरेको छन् ।

प्रमुख साहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताए । रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय