scheduleआइतवार चैत्र २३ गते, २०७६

पत्नीलाई ढाँटेर प्रेमिकासँग डेटिङ जाँदा कोरोना संक्रमण

प्रतिकात्मक तस्बिर

रोम, ६ चैत । आफ्नी पत्नीलाई झूटको अँधेरोमा राखेर अन्य महिलासँग घुमफिर गर्दा उपहारको रुपमा कोरोना पाएको घटना सार्वजनिक भएको छ ।

पत्नीसँग व्यापारिक यात्राको लागि बेलायत जानुपर्ने भयो भन्दै घरबाट निस्किएका उनको दिमागमा भने अर्कै दृश्य चलिरहेको थियो । किनकी बेलायतको यात्रा त बहाना मात्रै थियो, वास्तवमा उनी प्रेमिकासँग इटलीमा समय बिताउन चाहन्थे । तर कोरोना भाइरसको संक्रमणपछि उनको बहाना सबै खेर गयो । घटना अगाडि आयो ।

रिपोर्टका अनुसार ती मानिसले आफ्नो नाम बताएका छैनन् । उनी ३० वर्षका पुग्न लागे । कोरोनाका कारण त्यो जोडीलाई फरक फरक कोठामा राखिएको छ । तर, पत्नीलाई अझै थाहा छैन कि आफ्नो पतिलाई कोरोनाले कसरी भेट्टायो !

Dish_Home

द सन् मा प्रकाशित खबरका अनुसार कोभिद-१९ को लक्षण देखिएका ती युवा बेलायतमा पब्लिक हेल्ड कोअर्डिनेटरका अगाडी उनले बकेका थिए कि उनलाई इटली जाँदा कोरोनाले भेटेको थियो । पछि उनी अस्पताल गए जहाँ उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो ।

उनले आफ्नो एक युवतीसँग अफेयर्स चलिरहेको चिकित्सकसँग बताए । उनले प्रेमिकाको नाम बताउन चाहेनन् । उनलाई पत्नीले उत्तरी बेलायतमा घरमा सेल्फ आइसोलेशमा राखेका छन् ।

उनले चिकित्सकलाई आफूलाई कसरी कोरोना संक्रमण भएकोबारे नबताएको पनि जानकारी दिइसकेका छन् ।

उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ । उनी एकदमै डराएका छन् । उनलाई कोरोना भाइरसको भन्दा बढी प्रेमिकासँगको सम्बन्ध खुल्ने भयले चिन्तित छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय