scheduleआइतवार चैत्र २३ गते, २०७६

रक्सीले मसाज गर्दा फाइदै फाइदा

एजेन्सी । अनियन्त्रित अल्कोहल सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । रक्सीले मान्छेको जीवन बर्बाद बनाएको हामीले धेरै घटनाहरु सुनेका छौं । तर, यसको मसाजबाट पनि शरीरलाई विभिन्न फाइदा हुने अनुसन्धानहरुले स्पष्ट पारेको छ ।

यी हुन् अल्कोहल मसाजका फाइदाहरु-
१. शारीरिक रुपमा बल पर्ने काम गरेपछि मांशापेशीमा दुःखाईको अनुभूति हुन्छ । यस्तो अवस्थामा अल्कोहलको मसाजले दुःखाई कम हुन्छ । दुःखाई महसुस भएको भागमा मसाज गरेर करिब एक घन्टा त्यत्तिकै रहन दिनुपर्छ र पछि सफा पानीले धुनुपर्छ ।

Dish_Home

२. छाला र नङमा आउने कुनै पनि प्रकारको फंगसको लागि पनि अल्कोहलको मसाज धेरै नै प्रभावकारी हुन्छ । यस्तो समस्यामा कपासले चोबेर सम्बन्धित ठाउँमा लगाउनुपर्छ र सुक्ने बेलासम्म यत्तिकै राखेपछि मात्र धुनुपर्छ ।

३. यसैगरी सामान्य चोट र घाउमा पनि अल्कोहल मसाज गर्दा ठिकै सञ्चो हुन्छ । अल्कोहललाई घाउ अथवा चोट लागेको स्थानमा लगाएमा एन्टिबायोटिकले झैं तत्काल असर गर्छ र छिट्टै निको बनाउन सक्छ ।

४. कपालमा अल्कोहलको मसाज लाभदायक हुन्छ । बियरको मसाजले कपाललाई मुलायम चम्किलो बनाउनको लागि गरिन्छ ।
५. जाडोमा न्यानोपनको लागि अल्कोहलको मसाज धेरै नै लाभदायक हुन्छ । अल्कोहलले मसाज गरेपछि एकै छिनमा न्यानो महसुस गर्न सक्नुहुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय