scheduleसोमवार चैत्र १७ गते, २०७६

तीन दिन भौंतारिएपछि बल्ल युवकले अस्पतालमा भर्ना पाए


नवलपरासी, ७ चैत । कोरोना संक्रमणको आशंकामा उपचारको लागि तीन दिनदेखि भौंतारिएका एक युवकले अन्ततः अस्पतालमा भर्ना पाएका छन् । नवलपरासीका ती ३५ वर्षीय युवकलाई अन्ततः प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको हो ।

तीन दिनअघि देखि उनी अस्पताल भर्नाको लागि भौंतारिन सुरु गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएको आशंकामा चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित
भएपछि उनको पक्षमा सामाजिक सञ्जालमा जनमत सिर्जना हुँदै आएको छ । ती युवकलाई गएराति बुटवल अस्पतालले भर्ना लिएको छ ।

भर्ना लगत्तै बिरामीको नमूना परीक्षणको लागि शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको अस्पतालले जानकारी दिएको छ ।

Dish_Home

जिल्ला अस्पताल परासी र प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितलाई उपचार गर्नकै लागि भनेर आइसोलेसन वार्ड तयार गरेका छन् । तैपनि चिकित्सकहरुले बिरामीलाई भर्ना लिन मानेका थिएनन् ।

रामग्राम नगरपालिका–१६ हकुइ स्थायी घर भएका ती युवक ट्रक चालक हुन् । उनलाई रुघाखोकी र ज्वरो आएपछि तीन दिनअघि परासीको एक क्लिनिक पुर्‍याइएको थियो ।

चिकित्सकहरुले कोरोना संक्रमितलाई उपचार गर्दा लगाउनुपर्न आवश्यक स्वास्थ्य किट र उपकरण नभएको तर्क गर्दै बिरामीलाई भर्ना गर्न नमानेका हुन् ।

क्लिनिकले उपचार गर्न नमानेपछि त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी र त्यहाँबाट पनि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।

प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाएपछि बिरामी चिन्तित बनेका थिए । बिरामीका आफन्तले चितवनले पनि रिफर गरेपछि काठमाडौं कलंकी ल्याएका थिए । त्यहाँको एक निजी अस्पतालले पनि भर्ना लिन नमाने पछि बिरामी लिएर आफन्त विहीबार पुनः नवलपरासी फर्किएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय