scheduleशुक्रवार चैत्र २१ गते, २०७६

सिद्धलेकमा दुई दिनमा तीनजनाको शंकास्पद मृत्यू


धादिङ, ७ चैत । धादिङको सिद्धलेक गाउँपालिका-२ स्थित एैसेलुगैरामा बुधबार र शुक्रबार गरी तीनजनाको रहस्यमय मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा बुधबार राती दुईजना र शुक्रबार बिहान एकजना महिलाको शव घरमै फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

बुधबार राति मृत्यु हुनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका २ स्थित एैसेलुगैराका एैसेलुगैराका ७२ वर्षीय लालबहादुर नेपाली र उनकी भान्जी बुहारी नाता पर्ने ३५ वर्षीय सुन्तली नेपाली रहेकका छन् भने शुक्रबार बिहान सोही स्थानकी ६३ वर्षीय यमकुमारी अर्याल रहेका छन् ।

Dish_Home

स्थानीबासिन्दाहरुको भनाईअनुसार अर्याल बिहिबार राति खाना खाई सुतेको भए पनि शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । मृतक अर्याल दम र प्रेसरको बिरामी भएकाले नियमितरुपमा औषधि खाइरहेको भएता पनि एक महिना अघि देखि औषधि खान छाडेकाले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै बुधबार राति मृत्यु भएका २ जनाको भने घरेलु मदिरा सेवनको कारण ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । १ महिनाअघि गाउँमा बिहे भएको र सोही बिहेमा खपत भएर बाँकी रहेको रक्सी बुधबार साँझ दुवैजनाले बोतलमा हालेर लगेका थिए ।

रक्सी खाएर सुतेका दुवैजनाको फरक फरक घरमा बुधबार राती मृत्यु भएको थियो । मृत्यु भएका ३ जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको छ

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय